Saturday, June 30

सबैभन्दा धनी डन को ?

प्रहरी स्रोतका अनुसार सबैभन्दा धेरै दीपक मनाङे र गणेश लामाको सम्पत्ति देखिएको छ । प्रहरी स्रोतका अनुसार मनाङेले एक दर्जन व्यवसाय गर्दै आएका छन् । जसमा ठमेलमा कवाडी व्यापारदेखि वीरगन्जमा ट्रान्सपोर्टको व्यवसायसमेत छ ।
ठमेलस्थित सेफस्टार होटलमा उनको ५६ करोड लगानी छ । सो होटलसमेत उनकै नाममा छ । त्यसैगरी, नुवाकोटको ककनीमा उनले ७८ रोपनी जग्गा श्रीमती पासाङ डोमा गुरुङको नाममा खरिद गरेका छन् । ९० लाखमा खरिद गरेको सो जग्गाको मूल्य हाल दुई करोडभन्दा बढी पर्ने बताइन्छ ।

स्पेन र इटाली फाइनलमा भिड्ने















मारियो बालोटेलीले उत्कृष्ट प्रदर्शन गरेपछि बिहीबार राति जर्मनीलाई २-१ ले हराउँदै इटाली युरोकपको फाइनलमा पुगेको छ । अब उपाधिका लागि इटालीले आइतबार किभ रंगशालामा साबिक विजेता स्पेनको सामना गर्नेछ ।
चालू युरोकपका सबै प्रतियोगितामा जित निकालेको जर्मनीले सेमिफाइनलमा इटालीलाई सहजै पाखा लगाउने अनुमान थियो । कतिपय युरोपेली मिडियाले जर्मनी र स्पेनबीच फाइनल हुने अनुमानसमेत गरेका थिए । यसअघि स्तरीय प्रदर्शन गर्न नसकेको इटालीले वार्स रंगशालामा जर्मनीविरुद्ध सानदार प्रदर्शन गरेको थियो ।

Monday, March 5

'राजावादीको सहयोगमा' बबरमहल विस्फोट


काठमाडौं, फागुन २२ -'केही राजावादीको आर्थिक सहयोग र उक्साहटमा' संयुक्त जातीय मुक्ति मोर्चाले बबरमहल विस्फोट गराएको निस्कर्ष प्रहरी अनुसन्धान समितिले निकालेको छ। निक्षेशम्शेर राणाको नेतृत्वमा रहेको राष्ट्रिय एकता परिषद्का केही पदाधिकारी र पञ्चायतकालीन पृष्ठभूमिका दरबारनिकट केही व्यक्तिले उक्त मोर्चालाई आर्थिक सहयोग गर्ने गरेको फेला परेको प्रहरी स्रोतले जनाएको छ।

Friday, January 13

भलिबलमा नयाँ विजेता

            तनाव र विवादबीच बिहीबार नेपाल पुलिस क्लब ढोरपाटन 'ब्लु स्काई कप' महिला डबल लिग भलिबलको नयाँ विजेता बनेको छ । उसलाई सातौं संस्करणको उपाधि जित्न अन्तिम खेलमा पाएको सफलताले मात्र नपुगी गणितीय समीकरण आवश्यक पर्‍यो ।
लिगको समाप्तिसम्म पुलिस र पोखरेली टिम ज्ञानुबाबाको समान २७ अंक भएपछि औसतका आधारमा विजेताको छिनोफानो भएको हो । जितसँगै पुलिसले ज्ञानुबाबाको लगातार छैटौंपल्ट उपाधि जित्ने सपना पूरा हुन दिएन । पुलिसले २ लाख  २० हजार रुपैयाँ हात पार्‍यो भने ज्ञानुबाबाले १ लाख १० हजार रुपैयाँमा चित्त बुझायो ।

Wednesday, December 21

नेपाल फिफा को विश्व बरियतामा १५३औ स्थानमा झर्यो

 फिफाले आज सार्बजनिक गरेको रेंकिंग मा नेपाल १५३ स्थान मा झरेको छ.......अगिल्लो पटक १४३ स्थान मा रहेको नेपाल १० स्थान तल झर्दै १५३ औ स्थान मा रहेको हो ....१० स्थान तल झरेपनी नेपाल दक्षिण एसियाली राष्ट्र मध्ये सबैभन्दा माथि छ....नेपाल पछि बंगलादेश १५७ औ, भारत १६२ औ,माल्दिभ्स 173 औ र साफ फूटबल मा चमत्कारिक प्रदर्शन गर्दै फाईनल पुगेको अफगानिस्तान १७७ औ....पाकिस्तान १७९ औ, श्रीलंका र भुटान क्रमश: १८० र भुटान २०२ औ स्थानमा रहेका छन्.......... 

Monday, December 5

नेपालले १८ वर्षपछि बंगलादेशमाथि जित रच्यो !


तस्बिर सौजन्य- goalnepal.com
बंगलादेशका मेसेडोनियन प्रशिक्षक निकोला इलिएभ्स्कीलाई विश्वास गर्ने हो भने नेपाली कप्तान सागर थापाले 'खेलाडीले जीवनमा एकपल्ट मात्र गर्न सक्ने गोल (वन्स इन अ लाइफ)' आइतबार अनुभव गरेका छन् । त्यही गोलसँगै नेपालले १८ वर्षपछि बंगलादेशमाथि जित रच्यो ।  खेलको अन्तिम मुभ । इन्ज्युरी टाइमको पनि अन्तिम क्षण । यस्तोमा पाएको पि|mकिक, जसलाई कप्तान सागरले सुन्दर, सम्भवतः नेपाली फुटबल इतिहासकै सर्वोत्कृष्ट गोलमा रूपान्तरण गरे । गोल गरेलगत्तै खेल समाप्तिको हि्वसिल बज्यो र सातौं साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल १-० ले विजयी भयो ।

Tuesday, November 1

नेपाल आफ्नो पहिलो खेलमा श्रीलंका संग पराजित


(२०६८ कार्तिक १५ मंगलबार)
सार्क अन्डर-२५ ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको नेपाल र श्रीलंका बीच को खेलमा टेस्ट मान्यता प्राप्त र एसियाको बलियो राष्ट्र श्रीलंकाले नेपाल लाई ७७ रन ले पराजित गरेको छ । बलियो श्रीलंकन टोली माथि निरीह बनेको नेपालले आफ्नो बलिंग को जादु देखाउन सकेन फलस्वोरूप २४१ रन को बिशाल योगफल लक्ष्य पाएको नेपाल ले निर्धारित २० ओवर मा ९ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । नेपाल ले आफ्नो दोस्रो खेलमा भारत को सामना गर्दै छ । दोस्रो खेल येही आउदो बिहिबार हुदै छ।

लौ भयो सहमति

मंगलबार, २०६८ कार्तिक १५
शान्ति प्रक्रियाका विवादित विषयहरुमा प्रमुख दलहरुबीच सहमति भएको छ। प्रमुख तीन दल माओवादी, एमाले, कांग्रेस र मधेसी मोर्चाले सहमतिमा हस्ताक्षर गरेका छन्। विस्तृत विवरण आउन बाँकी छ। अहिलेसम्म आएका विवरण यी हुन्-
* साढे ६ हजार माओवादी लडाकु समायोजन हुनेछन्।
* बाँकी लडाकुलाई पुनर्स्थापनामा लगिनेछ। उनीहरुलाई बढीमा ८ लाख रुपैयाँसम्म दिइनेछ।
* समायोजित लडाकुहरु सेनाको महानिर्देशनालय अन्तर्गत रहनेछन्।
* उनीहरुलाई विकास निर्माण र औद्योगिक सुरक्षामा लगाइनेछ।

Wednesday, October 19

नेपाली फूटबल फिफा तालिका मा तल झर्यो

नेपाली फूटबल फिफा तालिका मा ९ औ स्थान तल झरेको छ .......फूटबल को सर्बोच्च निकाय फीफाले  कार्तिक २ गते प्रकाशित गरेको तालिका अनुसार १३५ औ स्थान मा भएको नेपाल १४४ औ स्थानमा झरेको हो.......विदेश भ्रमण मा रहेको टोली ले २ मैत्रीपुर्ण खेलमा हार बेहोरेपछि अंक तालिकामा तल झरेको हो... दक्षिण एशिया मा पहिलो नम्बर मा रहेको नेपाल अब बंगलादेश पछि दोस्रो स्थानमा झरेको छ....बंगलादेश १४१ औ, भारत १६० औ स्थान मा रहेका छन्...

Thursday, September 22

नग्न बिहेको आलोचना

कसैलाई थाहा नदिई सुटुक्क नग्न बिहे गरेका जोडीको खोजी चीनका प्रहरी अधिकारीहरुले गरिरहेका छन् । तिनको मुख्य दोष थियो- बिहे नाङ्गै गर्नु । त्यस्तो क्रियाकलापलाई प्रहरीले बौलाहापनको हद मानेका छन् ।