Monday, December 5

नेपालले १८ वर्षपछि बंगलादेशमाथि जित रच्यो !


तस्बिर सौजन्य- goalnepal.com
बंगलादेशका मेसेडोनियन प्रशिक्षक निकोला इलिएभ्स्कीलाई विश्वास गर्ने हो भने नेपाली कप्तान सागर थापाले 'खेलाडीले जीवनमा एकपल्ट मात्र गर्न सक्ने गोल (वन्स इन अ लाइफ)' आइतबार अनुभव गरेका छन् । त्यही गोलसँगै नेपालले १८ वर्षपछि बंगलादेशमाथि जित रच्यो ।  खेलको अन्तिम मुभ । इन्ज्युरी टाइमको पनि अन्तिम क्षण । यस्तोमा पाएको पि|mकिक, जसलाई कप्तान सागरले सुन्दर, सम्भवतः नेपाली फुटबल इतिहासकै सर्वोत्कृष्ट गोलमा रूपान्तरण गरे । गोल गरेलगत्तै खेल समाप्तिको हि्वसिल बज्यो र सातौं साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल १-० ले विजयी भयो ।

सन् १९९३ मा छैटौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जित्ने क्रममा १-० को जित हात पारेयता नेपालले बंगलादेशविरुद्ध पहिलो जित आत्मसात् गरेको हो । साफ च्याम्पियनसिपमा नेपालले सुरुका दुई खेलमा हार नबेहोरेको पहिलोपल्ट हो ।
पूर्वविजेता बंगलादेशलाई सुरुका ३० मिनेट नेपालले दबाबमा राख्यो ।  गोलका सुन्दर अवसरमा दुईपल्ट अनिल गुरुङ, एक-एकपल्ट सन्तोष साहुखल र जुमनु राई चुके । 'फरवार्ड गोलका लागि संघर्षरत् नै रहे,' प्रशिक्षक ग्राहम रोबर्ट्सले भने, 'त्यसैले अवसर गुमायौं ।'
समूह 'बी' को अर्को खेलमा पूर्वविजेता माल्दिभ्स र पाकिस्तानले गोलरहित नतिजा निकाले । त्यसैले नेपाल चार अंकसहित शीर्षस्थानमा छ । २-२ अंक भए पनि माल्दिभ्स गोलका आधारमा पाकिस्तानभन्दा अघि छ । बंगलादेश १ अंकसाथ पुछारमा छ ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस