Tuesday, November 1

नेपाल आफ्नो पहिलो खेलमा श्रीलंका संग पराजित


(२०६८ कार्तिक १५ मंगलबार)
सार्क अन्डर-२५ ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको नेपाल र श्रीलंका बीच को खेलमा टेस्ट मान्यता प्राप्त र एसियाको बलियो राष्ट्र श्रीलंकाले नेपाल लाई ७७ रन ले पराजित गरेको छ । बलियो श्रीलंकन टोली माथि निरीह बनेको नेपालले आफ्नो बलिंग को जादु देखाउन सकेन फलस्वोरूप २४१ रन को बिशाल योगफल लक्ष्य पाएको नेपाल ले निर्धारित २० ओवर मा ९ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो । नेपाल ले आफ्नो दोस्रो खेलमा भारत को सामना गर्दै छ । दोस्रो खेल येही आउदो बिहिबार हुदै छ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस