Tuesday, November 1

लौ भयो सहमति

मंगलबार, २०६८ कार्तिक १५
शान्ति प्रक्रियाका विवादित विषयहरुमा प्रमुख दलहरुबीच सहमति भएको छ। प्रमुख तीन दल माओवादी, एमाले, कांग्रेस र मधेसी मोर्चाले सहमतिमा हस्ताक्षर गरेका छन्। विस्तृत विवरण आउन बाँकी छ। अहिलेसम्म आएका विवरण यी हुन्-
* साढे ६ हजार माओवादी लडाकु समायोजन हुनेछन्।
* बाँकी लडाकुलाई पुनर्स्थापनामा लगिनेछ। उनीहरुलाई बढीमा ८ लाख रुपैयाँसम्म दिइनेछ।
* समायोजित लडाकुहरु सेनाको महानिर्देशनालय अन्तर्गत रहनेछन्।
* उनीहरुलाई विकास निर्माण र औद्योगिक सुरक्षामा लगाइनेछ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस