Thursday, September 22

नग्न बिहेको आलोचना

कसैलाई थाहा नदिई सुटुक्क नग्न बिहे गरेका जोडीको खोजी चीनका प्रहरी अधिकारीहरुले गरिरहेका छन् । तिनको मुख्य दोष थियो- बिहे नाङ्गै गर्नु । त्यस्तो क्रियाकलापलाई प्रहरीले बौलाहापनको हद मानेका छन् ।




नाङ्गै बिहे गरेको भनी अखबारमा तश्वीरसमेत प्रकाशन भएपछि प्रहरीहरु अप्ठेरोमा परेका हुन् । पछिल्लो समयमा चीनमा पश्चिमे शैली र नक्कल बढ्दै गरेको भन्दै त्यस्ता किसिमका क्रियाकलापमाथि रोक लगाउन प्रहरीहरु ल्ागिपरेका छन् ।

    चीन सरकारले चलाएको संगठन चाइनिज फोटोग्रार्फस असोसिएशनले नग्न किसिमका फोटोहरु नखिच्न र नखिचाउन परिपत्र गरेको छ ।

चीनको पारिम्परिक बिहे एक किसिमको भए पनि पश्चिमी शैलीको बिहे गर्ने चलन पनि बढ्दो क्रममा छ । यहाँका बिहेहरुमा लोकप्रिय शैली चाहिँ देवदूत हुनु, आदम र हब्बा -एडम र इभ) हुनु, प्राचीन ग्रीक भगवान्हरुको शैली अपनाउनु मात्र होइन कतिपय फोटोसेसन त हल्का अश्लीलसमेत हुने गरेका छन् ।

"यस किसिमका फोटो सेसन गर्नु बिहेको वास्तविकताभन्दा निकै टाढा पुग्नु हो", जारी गरिएको विज्ञप्तिमा फोटोग्राफर संघका अध्यक्ष हे लिनले भनेका छन्- "बिहे पवित्र र संस्कारित हुनर्ुपर्छ र यसलाई सम्मान गर्न सिक्नर्ुपर्छ ।"



No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस