भदौ १६ (सिङ्गापुर) - लागू औषध तस्करीमा संलग्न भएको आरोपमा पाँच जना नेपाली सिङ्गापुरमा पक्राउ परेका छन्। दुई किलो हिरोइन सिंगापुरबाट अष्ट्रेलिया लैजाँदै गरेका तीन दक्षिण कोरियाली नागरिकसँग मिलेको आशंकामा ती नेपालीलाई आइतबार पक्राउ गरिएको हो।
च्यानल न्यूज एसियाले सिङ्गापुरको केन्द्रिय लागूऔषद् ब्यूरोको अधिकारीलाई उद्यृत गर्दै ती नेपाली २२ देखि ४१ वर्षका भएको जनाएको छ। यद्यपि उनीहरूको नाम र ठेगाना खुलाइएको छैन।
घटनामा उनीहरु दोषी पाइए सबैलाई मृत्युदण्ड सजाय हुने उक्त समाचार संस्थाले जनाएको छ। तीन दक्षिण कोरियाली नागरिक शनिबार जुत्ताभित्र दुई किलो हिरोइन लुकाएको अवस्थामा सिङ्गापुरको चाङगी विमानस्थलमा पक्राउ परेका थिए। उनीहरूसँग मिलेको आशंकामा स्थानीय प्रहरीले त्यसको भोलीपल्ट ती नेपालीहरूलाई पक्राउ गरेको हो।
अधिकारीहरूका अनुसार सोही दिन हिरोइन बोक्ने ती दक्षिण कोरियालीले एक जना नेपाली लागूऔषत् समन्वयकर्तासँग भेटेका थिए। सिंगापुरको लागू औषद् व्यरोर प्रहरीको गुप्तचर विभागको संयुक्त प्रयासमा उनीहरुलाई समातिएको हो।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस