
काठमाडौं, १५ भदौ
पूर्वयुवराज पारस अन्डरवल्र्ड डन दाउद इब्राहिमका व्यावसायिक पार्टनर भएको दाबी भारतको अंग्रेजी दैनिक टाइम्स अफ इन्डियाले गरेको छ । सो दैनिकका अनुसार पारस र दाउदले मिलेर नक्कली भारतीय नोटको कारोबार गरिरहेका छन् ।
मध्यप्रदेश प्रहरीको आतंकवादविरोधी दस्ता (एटिएस) को नियन्त्रणमा परेका दुई नेपालीले दिएको बयानबाट दाउद र पारसको कारोबारको रहस्य खुलेको पत्रिकाले लेखेको छ । 'दाउद र पारसका बीचमा नेपालका पूर्वमन्त्रीका छोरा युनुस अन्सारीले मध्यस्थको रूपमा काम गरिरहेका छन्, उनीहरूले अहिलेसम्म करोडौंका नक्कली नोट भारतीय बजारमा फैलाइसकेका छन्,' प्रहरी स्रोतको हवाला दिँदै टाइम्स अफ इन्डियाले लेखेको छ । यही समाचारको आधारमा सो पत्रिकाकै सहयोगी टेलिभिजन टाइम्स नाउले पनि पारसको तस्बिर र नक्कली भारतीय नोटसहितको रिपोर्ट पनि प्रसारण गरिरहेको छ ।
मध्यप्रदेश प्रहरीका अनुसार दाउदले नक्कली नोटको छपाइको जिम्मेवारी पूरा गर्दै आएका छन् भने पारसले नोट नेपाल ल्याएर भारतीय बजारमा पुर्याउने जिम्मा सम्हाल्दै आएका छन् । सिंगापुरमा बसेर पनि पारसले यही काम गरिरहेको प्रहरी रिपोर्टमा उल्लेख छ । दाउद भने सन् १९९३ को मुम्बई बमकाण्डलगायतका विभिन्न अभियोगमा भारतीय प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा छन् ।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस