
२०६१ सालमा इराकमा निर्ममताका साथ मारिएका १२ नेपालीहरूको बिरोधस्वरुप भदौ १६ गतेको दिनमा काठमाडौँस्थित म्यानपावर कम्पनीहरूमाथि तोडफोड र करोडौँको क्षति पुर्याएकोले उनीहरूलेे दिनलाई कालो दिनको रुपमा मनाएका हुन् ।
रोजगारीका लागि इराक गएका १२ जना नेपालीको निर्ममताका साथ हत्या भएपछि नेपालका तीनसय ५० रोजगार व्यावसायी संस्थामा आगजनी, लुटपाट र तोडफोड गरी करिब ८० करोडबराबरको क्षति गराइएको थियो ।
तोडफोडपछि छानविनका लागि टोपबहादुर सिंहाको अध्यक्षतामा गठित समितिले तयार गरेको प्रतिवेदन सरकारले अझै र्सार्वजनिक गरेको छैन ।
१२ जना नेपाली को उक्त हत्या प्रकरण pachi पनि लुकी चोरि ईराक जनेको सङ्ख्या मा कुनै कमी आएको छैन। नेपाल सरकार ले ईराक लाई बैदेसिक रोजगारी को लागि बन्देज लागाएपनि भारत हुँदै ईराक जनेको सङ्ख्या उच्च छ। राम्रो आम्दनी को प्रलोवन मा परेर दलाल को ईशारमा ईराक गएर दु:ख पाएका उदाहरण आज भोली धेरै सुन्न पाहिन्छ। यस तर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जओस्।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस