Saturday, September 5

अब भिडियो हर्ेन मिल्ने पत्रिका


ह्यारी पोटर चलचित्रमा प्रायः पडिने पत्रिकाको नाउँ हो, डेली प्रोफेट । उक्त पत्रीकाको विशेषता के हो भने, भएका घटनाहरु भिडियोमा देखिन्छ । के यो सम्भव छ - कुनै पत्रिकाका चित्रहरु हल्लिने कुरा अब हावा गफ मात्र रहेन । यस्तो हुन सक्ने सम्भावना बढेर गएको छ । र, चित्र हल्लिने र भिडियोसमेत हेर्न मिल्ने पत्रिका अब अर्को महिना प्रकाशित हुने भएको छ ।

अमेरिकाको इन्टरटेन्मेन्ट विक्लीले भिडियोसमेत हेर्न मिल्ने पत्रिका प्रकाशन गर्न लागेको बीबीसीले जनाएको छ ।

पातलो स्क्रीन भएको पत्रिका र मोबाइल फोन जत्रो डिस्प्ले हुने उक्त भिडियो पत्रिकामा रिचार्ज गर्न मिल्ने ब्याट्रीहरु प्रयोग गरिनेछ । जसका कारण, हरेक पटक भिडियो पुनः प्रसारण भइरहन्छ ।

बाजा बज्ने किसिमले बनाइएका ग्रिटिङ कार्डको प्रयोग हुन थालेको त निकै भइसक्यो, सोही किसिमको प्रविधि यसमा उपयोग हुने बताइएको छ । जसरी ग्रिटिङ कार्डको पहिलो पन्ना पल्टिन्छ, त्यसैगरी अखबारको पन्ना पल्टाएपछि उक्त भिडियो बज्न थाल्नेछ ।

भिडियो प्ले गराउनका लागि एउटा चिप प्रयोग गरिनेछ र उक्त चिपले ४० मिनेटसम्मको भिडियो स्टोर गर्ने क्षमता राख्नेछ । त्यसरी बज्ने पहिलो भिडियो पेप्सी हुने समाचारमा जनाइएको छ ।

यसमा राखिने भिडियो चाहिँ प्रख्यात अमेरिकी टेलिभिजन सीबीएसले उपलब्ध गराउनेछ । शुरुताका "द बिग ब्याङ सिद्धान्त", "टु एण्ड अ हाफ मेन" तथा कमेडी शो "एक्सिडेन्टल्ली अन परपज" जस्ता भिडियो अखबारबाट हेर्न पाइनेछ ।

सीबीएसको मार्केटिङ समूहका अध्यक्ष जर्ज स्किवेजरले भने- "अब टेलिभिजनभन्दा बाहिर मनोरन्जन पर्खिबसेकाहरुका लागि यो एउटा नयाँ प्रयोग हुनसक्छ ।"

आउँदो १८ सेप्टेम्बरको इन्टरटेन्मेन्ट विक्लीको अङ्कमा यो विज्ञापन हेर्न सकिने बताइएको छ । तर यो विज्ञापन न्यूयोर्क र लस एञ्जलस क्षेत्रका पाठकहरुले मात्र हर्ेन पाउने बताइएको छ । त्यसो त यस्तो प्रयोग पहिलो पटक भएको चाहिँ होइन । यसअघि पुरुषहरुको जीवनशैलीसम्बन्धी पत्रिका "एस्क्वायर"ले पनि यस्तै प्रयोग गरेको थियो । यसको कभरमा फ्ल्यास एनिमेशन प्रयोग गरी विभिन्न किसिमका मुख्य समाचारका शिर्सक पढ्न सकिने बनाइएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस