Wednesday, March 23

कैलाश खेर काठमाडौं आउँदै




 क्यानेडियन स्टार ब्रायन एडम्सलाई काठमाडौं ल्याएर उफार्न सफल जेपीआर इभेन्ट्सले भारतीय गायक कैलाश खेरलाई निम्त्याउने भएको छ । उनको साथ 'कैलाशा' ब्यान्डका सदस्यहरू पनि हुनेछन् ।
'काठमाडौंलाई झुमाउनेछौँ,' भारतीय गायक कैलाश खेरले मंगलबार राजधानीमा नेपाली पत्रकारसँग भने, 'आउन मात्रै त पाऊँ ।' उनको यो संवाद प्रत्यक्ष भेटघाटको भने थिएन । उनी सोल्टी होटलमा आयोजित पत्रकार भेटघाटमा भिडियो कनफ्रेंन्स  मार्फत बोलिरहेका थिए । उनले १२ जनाको सांगीतिक टोलीसहित अपि्रल १२ मा नेपाल आउने सुनाए । 'हामी आउँदै छौँ,' उनले भिडियो क्याममा थम्स अप गर्दै  भने, 'संगीतप्रेमीहरू, दिल थामेर बस्नुस् ।............................

पाँच मिनेट छोटो भिडियो वार्तामा उनले नेपालीको प्रंशसा गर्नसमेत भ्याए । 'नेपाली संस्कृति, कला, संगीत साह्रै मन पर्छ,' उनले हाँस्दै भने, 'सरल, सहनशील र पवित्र भाव बोकेका नेपालीको मन अति कोमल छ ।' कैलाशले नेपालमा दोस्रो आगमन हुने बताए । 'केही वर्षअघि किनमेल गर्न आएको थिएँ,' उनले थपे, 'यसपालि नचाउन आउँदै छु ।'
पत्रकार सम्मेलनमा उनले वार्ता मात्र गरेनन्, आफ्नो निकै चर्चित गीत 'सैयाँ सैयाँ, तु जो झुले, प्यार से आराम से...' गाएर सुनाए । 'नेपाली गीत आउँछ ?' पत्रकारले गरेको जिज्ञासाको जवाफ उनी गुनगुनाए , 'कान्छा रे कान्छी रे... ।'
'गीत त के नेपाली बोल्न पनि सक्छु,' यसपछि उनले पत्रकारलाई थप जिज्ञासु बनाउँदै नेपाली भाषामा बोल्ने प्रयास गरे, 'तपाइ सन्चै छे ?' उनको यस्तो रमाइलो कुराकानीले भिडियो सम्मेलन नभई उनीसँगै प्र
त्यक्ष कुरा गरिएको महसुस भइरहेको थियो ।
वार्ताकै क्रममा उनी वर्तमान नेपाली राजनीतिक स्थितिप्रति एकाएक संवेदनशील देखिए । 'नेपाल अहिले संकट अवस्थामा छ,' उनले भावुक मुद्रामा भने, 'छिट्टै निकास पाओस् ।'
काठमाडौं कन्सर्टमा आफ्ना  एल्बमहरूका गीत, सुफी र फिल्मी गीत तथा फर्माइस भए केही नेपाली गीत पनि गाउने कैलाशले बताए । उनले आकाश अधिकारीको 'काठमान्डु' चलचित्र र न्ह्यु बज्रार्चायको एल्बममा समेत स्वर दिएका छन् ।
साँझ ७ बजेदेखि ९ बजेसम्म हुने कन्सर्टमा ५ हजार रुपैयाँका टिकट रहने जेपीआर इभेन्ट्सका निर्देशक साम्देन शेर्पाले बताए । कैलाशसँगै केही भारतीय सुन्दरीहरू समेत आउनेछन् । उनीहरूले फेसन सो गर्नेछन् ।
कैलाशको काठमाडौं यात्रापछि आगामी मेमा बलिउड सुपर स्टार शाहरूख खान र अभिनेत्री पि्रयंका चोपडालाई ल्याउने जेपीआरले बताएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस