Wednesday, February 16

माओवादीले गृह र पराराष्ट्र सहित ११ मन्त्रालय पाउने सहमति/ एमालेको भागमा ८ मन्त्रालय

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री  झलनाथ खनालबीच मन्त्रालय बाँडफाँडमा सैद्धान्तीक सहमति भएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा माओवादीलाई गृह र पराराष्ट्र सहित ११ वटा मन्त्रालय दिइने स्रोतले जनाएको छ ।

आज भएको भाग बण्डामा एमालेले ८ वटा मन्त्रालय पाएको छ । एमालेको भागमा संचार, रक्षा, सामान्य प्रशासन र स्थानीय विकास मन्त्रालय परेको बालुवाटार निकट स्रोतले जनाएको छ  । एमालेले यसअघि नै अर्थ मन्त्रालयको जिम्मेवारी पाईसकेको छ ।
दुवै पार्टीले भौतिक योजना मन्त्रालयमा दावी गरेपछि त्यसमा सहमति हुन सकेन । मधेसी जनधिकार फोरमले पनि सरकारमा सहभागी हुन चासो  देखाएपछि आपूर्ती, सिचाईं र उर्जा मध्ये एउटा मन्त्रालय उसको भागमा राखिने भएको छ । फोरमसँग सहमति नभए  ती मन्त्रालय माओवादीले पाउने  छ ।
माओवादीले आजको छलफलबाट आफ्नो मन्त्रीमण्डलको नामावली प्रधानमन्त्रीलाई बुझाएको छ  । तर, मन्त्रालयमा ठोस सहमति बन्न बाँकी रहेकाले माओवादी अध्यक्ष दाहाल पोखराबाट फर्केपछि अपरान्ह्र ३ बजे पुन छलफल हुने बालुवाटारले जनाएको छ  ।
 

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस