Thursday, January 20

झलनाथले देखे तोरीको फूल

अरु नेता हरु पनि होसियार.......
दलहरुले शान्ति र नयाँ संविधान निर्माणमा ध्यान केन्द्रीत नगर्दा जनतामा बढिरहेको आक्रोशको शिकार नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल हुनुभएको छ ।.............

पार्टीको बैचारिक तथा संगठनात्मक कार्यक्रममा सहभागि हुन इटहरी पुगेका खनाललाई एमाले कार्यकर्ता देवीप्रसाद रेग्मीले चड्कन हानेका हुन् ।
कार्यक्रममा एमालेमा प्रवेश गर्नेहरुलाई टिका लगाइरहेका अध्यक्ष खनाललाई मञ्चमै पुगेर एमालेका स्थानीय कार्यकर्ता सुनसरी भरौल १ निवासी ५२ वर्षीय रेग्मीले थप्पड हानेका हुन् ।
पार्टी प्रवेशीहरुको लाइनमा बसेर खनालकै हातबाट टिका लगाइसकेपछि उनले गालामा थप्पड हानेका थिए । रेग्मीको थप्पडले खनालको चस्मा भुईमा खसेको थियो भने नाकमा सामान्य चोट लागेको छ ।











अध्यक्ष झलनाथ खनाललाई थप्पड हानेपछि प्रहरी नियन्त्रणमा संचारकर्मीमाझ देवीप्रसाद रेग्मी
खनालमाथि थप्पड हानेपछि रेग्मीलाई एमालेका कार्यकर्ताहरुले कुटपिट गरेका थिए । रेग्मीमाथि कुटपिट हुन थालेपछि प्रहरीले इलाका प्रहरी कार्यालय इटहरी लगेको थियो ।
प्रहरी कार्यालयमा सञ्चारकर्मीहरुसामु रेग्मीले शान्ति र संविधान समयमा नदिएर देश विगारेकोले चेतावनी स्वरुप थप्पड हानेको बताएका छन् ।
आफू एमालेकै सिद्धान्तको वकालत गर्ने कार्यकर्ता रहेको भन्दै उनले देशलाई बर्बादी तिर धकेलेको, मुलुकलाई सरकार विहिन बनाएको र जस्तो पायो त्यसैलाई पार्टीमा प्रबेश गराएको खनाललाई चड्कन हानेका बताए ।
आफूमाथि भएको दुव्र्यवहारप्रति छोटो प्रतिक्रिया दिदै अध्यक्ष खनालले भन्नुभयो-’यी भुसुना हुन, त्यस्तो विषयलाई महत्व दिन्न ।’
एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले घटनाबारे छानविन गर्न कार्यदल गठन गरिने बताउनु भयो । भण्डारीद्धारा जारी विज्ञप्तीमा विज्ञप्तिमा रेग्मी माओवादी समर्थक भएको बताइएको छ ।
खनालमाथि भएको आक्रमणमा संलग्न रेग्मी एमाले नेता केपी ओली पक्षधर रहेको चर्चा समेत कार्यक्रममा सहभागीहरुबीच चलेको थियो ।
बुधबार राजधानीमा खनालले जेठ १४ मा संविधान नभए जनविद्रोह हुने बताएकोले उनीमाथि आक्रमण भएको आशंका उनीहरुको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस