दक्षिण अफ्रीका मा आयोजना भएको विश्वकप पछि फेरी विश्व ले एसियालि महारथीहरुको फूटबल को मज्जा लिन पाऊदैछ। भोलि शुक्रबार देखि खाडी राष्ट्र कतार मा हुन लागेको एसियन कप मा एकपल्ट फेरी एसियाली फूटबलका हस्तीहरुले आफ्नो खेल विश्व सामु पस्कदैछन् ।

अस्टे्रेलिया २०१५ को आयोजक
अस्ट्रेलियाले सन् २०१५ मा हुने एसियन कप फुटबल आयोजना गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को दोहामा सम्पन्न कार्यसमिति बैठकले बुधबार महादेशीय प्रतियोगिताको १६ औं संस्करण आयोजना गर्न दिने निर्णय गरेको हो ।
एसियन कपको आयोजनासँगै अस्टे्रेलियाले एसियाली फुटबलको विकासमा महत्त्वपूर्ण योगदान गर्ने एएफसी अध्यक्ष मोहम्मद बिन हमामले बताए । अस्टे्रेलियाली फुटबल संघका अध्यक्ष फ्रयान्क लोवीले छोटो समयमै महादेशको सर्वोच्च फुटबल प्रतियोगिता आयोजना गर्ने अवसर दिएकामा गर्व व्यक्त गरे, 'सफल आयोजना गर्न कुनै कसर बाँकी राख्ने छैनौं ।'
एसियन कप खेल तालिका
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस