
प्रहरीले चितवनको टाइगरटप्स लजमा भएको घटनाबारे रुवेल चौधरीसंग बुधबार औपचारिक जानकारी लिएको छ । काठमाडौंमा रहेका चौधरीसंग महाराजगंज प्रहरी वृतबाट गएको टोलीले घटनाबारे जानकारी लिएको हो ।
परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाइँ चौधरी कोइरालाको मण्डिखाटार निवासमा छन् । शनिबार राति चितवनमा पूर्व युवराज पारस शाहले चौधरीसंगको विवादपछि गोली चलाएका थिए । गोली चलाएको अभियोगमा सरकारले पारसलाई पक्राउ गरी चितवन पुर्याएर अनुसन्धान सुरु गरेको छ । चौधरीले प्रहरीमा कुनै जाहेरी दिएका छैनन् ।
चितवन प्रहरीले चौधरीसंग घटनाबारे जानकारी लिएर यथार्थ जानकारी गराउन महानगरीय प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी माधव नेपालले चौधरीसंग घटनाबारे यथार्थ जानकारी लिइएको बताए ।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस