Wednesday, December 22

नेपाली महिला साफ च्याम्पियनसीपको फाइनलमा


नेपाली महिला फुटबल टोली प्रथम महिला साफ च्याम्पियन सीपको फाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेशको क्रममा मंगलबार बंगलादेशकेा कक्सबजारमा भएको सेमिफाइgm खेलमा नेपालले बंगलादेशलाई ३-० ले पराजित गर्‍यो ।
नेपालले फाइनलमा भारतसंग बिहिबार खेल्ने छ। नेपाललाई जित दिलाउने क्रममा कप्तान जमुना गुरुङले दुइ गोल गरिन् । पहिलो चरणका तीनै खेलमा हृयाटिक गरेकी अनु लामाले एक गोल गरिन् । शारिरिक फीटनेस, तीब्र गती र पछिल्लो एक बर्षो बेजाड र्फमका कारण आकर्ष बनेको महिला फुटबल टोली बंगलादेशसंगको खेलमा सुरुवात देखि नै हाबी रहेको थियो । १७ औ मिनेटमा जमुनाको गोलमा अग्रता लिएको नेपालका लागि ७२ औ मिनेटमा अनुले गो लगरिन् । ७६ औ मिनेटमा जमुनाले अर्को गोल गर्दै बंगलादेश विरुद्धको खेलमा आफूलाई सपल खेलाडीको रुपमा पुष्टि गरिन् । यस अघि ढाकामा सम्पन्न ११ औ साग खेलमा नेपालले बंगलादेशसंग १-० को जित हात पारेको खेलमा पनि जमुनाले नै गोल गरेकी थिइन् ।
चालु प्रतियोगितामा जमुनाको गोल संख्या १० पुगेकेा छ भने अनुको गोलसंख्या नौ पुगेको छ । बंगलादेशसंगको फरकािले जितका कारण टोलीको आत्मबल बलियो भएको प्रशिक्षक ध्रुब केसीले बताएका छन् ।
पछिल्लो सागमा रक्षात्मक खेल र शारिरिक फीटनेसका लागि उत्कृष्ट मानीएका केसीले टोली सम्हालेयता नेपाली महिला फुटबल टोलीको पर््रदर्शन स्तरीय रहर्दै आएको छ । एक दहक अगाडी देखि राष्ट्रिय टोलीमा रहेकी जमुनाको नेतृत्वमा रहेको नेपाली टोलीलाई नया दिसा दिने क्रममा केसीले अनुलाई पहिलो रोजाइको फरवार्डको रुपमा प्रयोग
गरेका हुन् ।
साग र साफ च्याम्पियनसीपको फाइनल यात्रामा केसीले दशक अगाडीकी नेपाली महिला फुटबलकी उत्कृष्ट खेलाडी तथा फरवार्ड चन्द्रा भण्डारीलाई बाया रक्षकको रुपमा खेलाएर गरेको नया प्रयोग पनि र्सार्थक भएको छ । साथै शारिरिक फीटनेसलाईै आधार मान्दै टिन एजर लक्ष्मी पौडेल र दिपा अधीकारीलाई टोलीमा नियमति स्थान दिने केसीको निर्ण्र्ाापनि सफल हुदै आएको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस