Thursday, December 23

साफ महिला फुटबलमा नेपाल १– ० ले पराजित


बंगलादेशमा भएको साफ वुमेन्स फुटबल च्याम्पियनसिपको फाइनलमा नेपालले भारतसंग १–० ले पराजय व्यहोरेको छ । बिहीबार दिउँसो भएको खेलमा भारतका सुस्मिता मल्लिकले ६६ औं मिनेटमा गरेको गोल फर्काउन नसकेपछि नेपालको ट्रफि चुम्ने रहर रहरमै सीमित भएको हो ..... ११ औ साग मा हर को बदला लिने सपना पनि नेपाल को पुरा हुन सकेन । नेपाली महिला राष्ट्रिय टिमले २४ वर्ष लामो अन्तरराष्ट्रिय फुटबल यात्रामा अहिलेसम्म उपाधि जितेको छैन । त्यसैले बंगलादेशको कक्स बजारमा बिहीबार भइरहेको पहिलो साफ वुमेन्स फुटबल च्याम्पियनसिप भारतविरुद्धको फाइनल नेपालका लागि इतिहास रच्ने राम्रो अवसर थियो तर त्यो पुरा हुन सकेन।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस