Saturday, December 25

कंसाकारलाई अख्तियारको मुद्दा

विमान किन्ने नाममा नेपाल वायुसेवा निगमलाई ५ करोड ७३ लाखभन्दा बढी रुपियाँ हानि पुर्याई भ्रष्टाचार गरेको अभियोग लगाई निगमका कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकारलगायत ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।



अख्तियारले कार्यकारी अध्यक्ष कंसाकारलगायत निगमका नायब महाप्रबन्धक राजुबहादुर केसी, नायब महाप्रबन्धक गणेश ठाकुर, कामु निर्देशक ज्ञानेन्द्रपुरुष ढकाल, निर्देशक मयुरशमशेर राणा र कामु उपनिर्देशक केशवराज शर्मालाई विपक्षी बनाई मुद्दा दायर गरेको विशेष अदालतबाट थाहा भएको छ।

दर्ुइवटा एयर बस किन्ने नाममा निगमका कार्यकारी अध्यक्ष कंसाकार र ती कर्मचारी मिलेर निगमलाई हानि नोक्सानी पुर्याएको अभियोग अख्तियारले लगाएको छ। निगमले ९२ मिलियन अमेरिकी डलरमा ठूलो आकारको र झन्डै ४२ मिलियन अमेरिकी डलरमा सानो आकारको गरी दर्ुइवटा विमान किन्ने योजना बनाएको थियो।

सो योजना मुताबिक युरोपियन कम्पनी एयर बसलाई निगमले बैनास्वरूप ७ करोड ७५ लाख रुपियाँ पठाएको थियो। सो रकम त्यता पठाएपछि निगमका कार्यकारी अध्यक्ष कंसाकारको चर्को आलोचना हुंँदै आएको थियो।

अख्तियारले सोबारेमा अनुसन्धान गरी मुद्दा दायर गर्ने निर्ण्र्ाागरेअनुसार शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।
अख्तियारले कार्यकारी अध्यक्ष कंसाकारलाई १३ वर्षर अन्यलाई त्यसको आधा कैद गर्न पनि माग गरेको विशेष अदालत स्रोतले जानकारी दियो। अख्तियारले कंसाकारबाट निगमलाई हानि पुर्याएको ५ करोड ७३ लाख ७५ हजार रुपियाँ बिगो र त्यति नै जरिवाना गरी ११ करोड ४७ लाख ५० हजार रुपियाँ उठाउनुपर्ने माग गरेको छ। एयर बसलाई पठाएको रकममा हालसम्म लाग्ने ब्याजसमेत जोडेर अख्तियारले आरोपपत्र तयार गरेको बताइएको छ।
अख्तियारले प्रतिवादी बनाएका मध्ये शुक्रबार कसैलाई पनि विशेष अदालतमा उपस्थित गराइएको थिएन। अभियोगपत्रमा ती सबै फरार भनेर देखाइएको छ। अख्तियारका एक कर्मचारीले अख्तियार आफैले ती अभियुक्तलाई पक्राउ गर्नुभन्दा विशेष अदालतको हातमा छोडेपछि त्यतैबाट म्याद जारी हुने ठानी सबैलाई फरार भनी उल्लेख गरिएको बताए।

विमान खरिद प्रकरणमा अख्तियारले विपक्षी बनाएका ती सबै अब कानुनबमोजिम स्वत निलम्बन हुने भएका छन्। उनीहरूलाई अब विशेष अदालतले निश्चित मितिभित्र विशेष अदालतमा उपस्थित हुन म्याद पठाउनेछ। ँअदालत खुलेका दिनदेखि नै हामीले ती अभियुक्तहरूको ठेगानामा म्याद पठाउन थाल्नेछौं।’ -विशेष अदालत स्रोतले जानकारी दियो।

विमान खरिद प्रकरणमा मुख्य अभियुक्त बनाइएका निगमका कार्यकारी अध्यक्ष कंसाकारले शुक्रबारदेखि नै कानुनी परामर्श लिन थाल्नुभएको छ। आफूविरुद्ध मुद्दा दायर भएपछि नेपाल समाचारपत्रसँग कंसाकारले भन्नुभयो- ँम इन्जिनियर परेँ। मैले कानुनी कुरा नजान्ने भएकाले वकिलहरूसँग राय सल्लाह लिन थालिसकेको छु।’

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस