Wednesday, December 15

पारसको कागजात सिडियो कार्यालय लगिने

टाइगरटप्स होटलमा गोली चलाएको अभियोगमा पोखरावाट पक्राउ गरेर भरतपुर स्थित प्रहरी तालिम केन्द्रमा ल्याएर राखिएका पूर्व युवराज पारस शाहसंग प्रहरीले प्रारम्भिक बयान लिएको छ ।

उनलाई तालिम केन्द्रको भिआइपी सुबिधामा राखिएको छ । पोखरावाट मंगलबार उनी चढेर आएको फीस्टेल एयरको हेलिकप्टर पनि त्यँही छ ।

उच्च प्रहरी टोलीले उनीसंग तालिम केन्दको बिशिष्ट कक्षमै गएर राति नै बयान लिएको हो । पारस संग राजधानी बाट आएको प्रहरी र चितवन प्रहरीले हिजो नै फरक-फरक समयमा बयान लिएको थियो । बिहान उनलाई बाहिरवाट ल्याइएको 'ब्रेक फाष्ट' खुवाइएको छ । पारस रहेको तालिम केन्द्रमा उनका वकिल र केहि सहयोगी बाहेक अन्यलाई जान रोक लगाइएको छ ।

उनको बयान र अन्य गतिबिधिवारे प्रहरीले कुनै सूचना संचारमाध्यमलाई दिएको छैन । बिहानदेखि तालिम केन्द्रमा पुगेका संचरकर्मीहरुलाई बिहन नौ बजे प्रहरीले 'पारस सुत्नु भा छ' भन्ने जानकारी दियो । तालिम केन्द्र बाहिर संचारकर्मीहरुको बाक्लो उपस्थिति रहेको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी बसन्तराज गौतमले सार्वजनिक अपराध ऐन अन्तरगत उनी बिरुद्ध मुद्दा दायर भएकाले १२ बजेभित्र उनको कागजात आफ्नो कार्यालयमा आइपुग्ने बताए । 'कागजात आए भैहाल्यो नि पारस शाहलाई ल्याउन पर्दैन' प्रजिअले कान्तिपुरसंग भने । उनको कागजात हेरेर म्याद थप्न पर्ने बिषयको टुङ्गो लाग्ने स्रोतको भनाई छ ।

उता तालिम केन्द्र बाहिर रहेको पारसका सर्मथकहरुले पार आजै बैंकक जाने पूर्व तैयारीमा रहेकोले आजदिनभरीमा काठमाण्डौ गएर बैंकक उडने बताए ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस