Wednesday, December 15

पारस भरतपुरस्थित प्रहरी तालिम केन्द्रमा

बिशिष्ट श्रेणीको सुविधा

चारदिन अघि टाइगरटप्स होटलमा सुजाताका ज्वाइँमाथि गोली चलाएको अभियोगमा पूर्व युवराज पारस शाहलाई मंगलबार साँझ पोखराबाट चितवन ल्याइएको

पोखराको फुलबारी होटलमा उच्च प्रहरी अधिकृतले सोधपुछ गरेपछि शाहलाई चितवन ल्याइएको हो । कडा सुरक्षा घेरा बनाउएर उनी चढेको हेलिकप्टर भरतपुर बिमानस्थलमा नउतारी सीधै प्रहरी तालिम केन्द्रमा झारिएको थियो ।

दर्जनौं पत्रकार र सयौं सर्मथकहरु भरतपुर बिमानस्थलमा उनको प्रतिक्षा गरिरहेका बेला पारस चढेको हेलिकप्टर प्रहरी तालिम केन्द्रमा झारिएको हो । तत्कालीन युवराजकै झझल्को दिने गरि उनलाई तालिम केन्द्र भित्र राखिएको छ । त्यहाँ संचारकर्मीलाई समेत प्रवेशमा रोक लगाइएको छ ।

उनी आउनु भन्दा अघि अर्को एक हेलिकप्टरमा उनका कानुनी सल्लाहकार भरतपुर बिमानस्थलमा आएका थिए । पारसको साथमा केही चिकित्सकहरु पनिसँगै आएको स्रोतको भनाइ छ ।

तालिम केन्द्र वरपर दर्जनौं प्रहरी घुमुवाहरु परिचालन गरिएको थियो

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस