Wednesday, December 15

पारसले सुजाताका ज्वाइमाथि गोली चलाए

पूर्वयुवराज पारस शाहले परराष्ट्रमन्त्री सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरीमाथि शनिबार राति गोली चलाएका छन् । चितवन राष्ट्रिय निकुञ्जस्थित टाइगर टप्स होटलमा राति खाना खाइरहेका बेला भनाभन हुँदा उनले गोली चलाए पनि छलिएका कारण अपि्रय घटना हुन नपाएको उच्च प्रहरी स्रोतले दाबी गरेको छ ।

कोइराला परिवारका कारण राजतन्त्र अन्त्य भएको भन्दै पारसले कतिपय सन्दर्भमा गुनासो गरिरहेको सार्वजनिक भइरहेकै बेला उनले गोली चलाएका हुन् । ज्वाइँमाथि हतियार उठाएपछि विदेशमा रहेकी मन्त्री कोइरालाले पारसलाई पक्राउ गरी कारबाही गर्न गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई टेलिफोन गरेकी थिइन् । आइतबार बिहान त्यस्तो आदेश सुरक्षा निकायमार्फत पुगेका बेला घटनालाई भने सामसुम पार्ने प्रयास भइसकेको थियो ।

'भनाभन चर्कंदै गएपछि पारसले एकाएक बन्दुक निकाले र चार/पाँच राउन्ड फायरिङ गरे,' स्रोतले भन्यो । श्रीमती हिमानी, बालबच्चा र पूर्वराजपरिवारका अन्य सदस्यसहित पारस बुधबारदेखि निकुञ्ज क्षेत्र घुम्न निस्केका थिए । संयोगले मन्त्री सुजाताकी छोरी र ज्वाइँका साथै एभरेस्ट होटलका साहिल साहसमेत घुमघामका क्रममा सोही होटलमा पुगेका थिए । दुवै परिवारबीच केही समय सामान्य कुराकानीपछि राजनीतिक गफ सुरु भएको थियो । गफ गर्दागर्दै विवाद भएपछि हात हालाहालै भएको थियो । 'राजनीतिक कुरा चर्किएपछि पारस आक्रोशित भएका हुन्,' स्रोतले भन्यो, 'फायरिङ सुरु भएपछि करिब एक घन्टा वातावरण त्रासपूर्ण भएको थियो ।'

पारस परिवार आइतबार र्फकने कार्यक्रम थियो । सुजाताका छोरी, ज्वाइँ र नाति-नातिना शनिबार दिउँसो आएका थिए । उनीहरू तीन दिन बस्ने कार्यक्रम थियो । रिसोर्टका कर्मचारीका अनुसार आइतबार दुवै पक्ष रिसोर्टमा छैनन् ।

डेढ साताअघि यहाँ भएको हात्तीपोलोका बेला पारस साथीसित हेलिकप्टरमा आएका थिए । त्यतिबेला रिसोर्टमा ठाउँ अपुग भएकाले उनी टेम्पल टाइगरमा बसेका थिए । पोलो सकिएलगत्तै उनी टाइगर टप्स आएका थिए ।

गोली चलाएपछि पारसकै सुरक्षाकर्मीले चौधरीलाई रिसोर्टको कोठामा लगी लुकाएका थिए । आइतबार बिहान पारस उठ्नुअघि नै कोइराला परिवारलाई नवलपरासीस्थित एक रिसोर्टमा सारिएको थियो ।

त्यसबारे छोरी-ज्वाइँले विदेशमा रहेकी सुजातालाई राति नै खबर गरेका थिए । लगत्तै गृहमन्त्री र प्रहरी प्रमुखलाई उनले छोरी-ज्वाइँको सुरक्षा व्यवस्था मिलाउन भनेकी थिइन् ।

पारस परिवारले भने आइतबार दिउँसो होटल छाडेका थिए । जिल्लास्थित सुरक्षाकर्मीलाई आइतबार बिहान मात्र 'भीआईपी चौधरीलाई सुरक्षा दिनु' भन्ने आदेश केन्द्रबाट गएको स्रोतले जनायो । फायरिङ भएको जानकारी जिल्लाका सुरक्षा अधिकारीले निकै ढिलो मात्र थाहा पाएका थिए । आइतबार राति अबेर मात्र त्यसबारे केन्द्रमा जानकारी गराइएको स्रोतले बतायो ।

चितवनका प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमले दुवै पक्षबीच नितान्त व्यक्तिगत विषयमा भनाभन भएको बताए । 'व्यक्तिगत झगडा हो । अरू कुरा बुझ्दैछौं,' उनले भने । उनले धेरै सूचना आउन बाँकी रहेको बताए ।

जिल्ला प्रहरीले घटनाबारे यथार्थ बुझिरहेको जनाएको छ । प्रहरी नायब उपरीक्षक रविराज खड्काले गोली चलेको 'हल्ला' आफूले पनि सुनेको बताए ।

आइतबार साँझ कर्मचारीका मोबाइल 'स्विचअफ' थिए । पारस आइतबार मध्याह्नसम्म चितवन निकुञ्जमै थिए । उनले दिउँसो करिब १ बजे सौरहास्थित केसी रेस्टुरेन्टमा खाना खाएका थिए । रेस्टुरेन्टका अनुसार खानाका लागि उनी परिवार र सुरक्षागार्डसहित आएका थिए ।

पारस राप्ती पारिबाट रेस्टुरेन्टमा आएको सञ्चालक नरेश गिरीले बताए । आइतबार साँझ सुजाताकी छोरी गैंडाकोटस्थित होटलमा रहेको थाहा पाएपछि गैंडाकोट इलाका प्रहरीका निरीक्षक नवीनकृष्ण भण्डारीको नेतृत्वमा सुरक्षा टोली खटाइएको थियो ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस