चीनका र्सजनहरुले एउटी ९ वषर्ीया बालिकाको हातलाई गोडामा सिलाइदिएर हातलाई जोगाएका छन् । तीन महिनासम्म उनको हातलाई गोडामा सिलाइएको थियो र हात जोगिने अवस्था आएपछि गोडाबाट झिकेर पुनः हातमा जोडिएको थियो ।

मिङ लि नामक ती बालिका गत जुलाई महिनामा स्कूलबाट घर र्फकँदा ट्रयाक्टरबाट लडेकी थिइन् । लड्दा उनको पाखुरामा नराम्ररी चोट लागेको थियो र उनको हात काटेर फ्याँक्नुपर्ने अवस्था आएको थियो । तर उनको हात फ्याँक्नु भन्दा डाक्टरहरुले नयाँ कुरा सोचे । उनीहरुले गोडाको भागमा केही समयका लागि पाखुरा जोडिदिए ।
चीनको हेनान प्रान्तको झेङझोउ अस्पतालका प्रवक्ता डा. होउ जियाङ्सीले चाहिँ अहिले ती बालिकाको हात गोडाबाट झिकेर पुनः हातमा जोडिसकिएको बताएका छन् ।
"उनलाई जब अस्पतालमा ल्याइएको थियो, उनको हात लगभग झुण्डिएको अवस्थामा थियो", उनले भने- "र, यो ज्यादै डरलाग्दो अवस्थामा थियो ।"
सुखद् कुरा के छ भने अहिले मिङ लिले हातका औँलाहरु चलाउन सक्ने भएकी छिन् । अहिले त्यो हातमा रक्तसञ्चार पनि राम्रोसँग भइरहेको छ ।
लिलाई अर्को साल पुनः अरु अपरेशन गर्नुपर्ने भएको छ । उनको हातमा देखिएका नराम्रा दागहरु मेटाउन प्लास्टिक र्सजरी पनि गर्नुपर्नेछ भने उनको हातको क्रियाकलापलाई अझै राम्रो बनाउन यो आवश्यक भएको चिकित्सकहरुले बताएका छन् ।
डा. होउले भने- "र्सजरीपछि गरिएका विभिन्न फिजियोथेरापीले उनको हात अझै राम्रो हुनेछ र देब्रे हातले काम गर्न उनी सक्षम हुनेछिन् भन्ने मलाई लागिरहेको छ । तुलनात्मक रुपमा कति प्रतिशत काम गर्लिन् त भन्न नसकिएला तर उनले आफ्नो देखभाल गर्ने र कार ड्राइभिङसम्म चाहिँ गर्न सक्छिन् ।"
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस