Monday, November 29

बिहे रोक्न बमको हल्ला !

साभार- -नशा डोट कॉम
आफ्नी छोरीले आफूखुसी बिहे गरी भाग्न खोजेपछि एक रुसी आमाले प्रहरी अधिकारीहरुलाई आफ्नी छोरी सुसाइड बम्बर भएको भन्दै तिनलाई पक्राउ गर्न अनुरोध गरेकी छिन् ।



त्यसपछि त के थियो - विमानस्थल अधिकारीहरुले सुसाइड बम्बर युवतीलाई धुइँपाताल खोज्न थाले । मस्कोको दोमोदेदोभो विमानस्थलका सबै नाका बन्द गरेर प्रहरीले ती युवतीलाई तुरुन्त पक्राउ गरिहाल्यो । तर पक्राउ गरिसकेपछि थाहा भयो, सुसाइड बम्बर भनी किटानी गर्ने आमा त तिनीहरुको बिहेदेखि बेखुस थिइन् र तिनलाई शहरभन्दा बाहिर जान रोकिरहेकी थिइन् ।

प्रहरीले ५६ वषर्ीया ती महिलालाई नभएको हल्ला मच्चाई जनतामा त्रासदि मच्चाउन खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको रुसी न्यूज एजेन्सीले जनाएको छ ।

"मोरक्कोका एक युवासँग उनकी छोरी हालै प्रेममा परेकी रहिछन् अनि दुवै बिहे गर्ने योजनाका साथ मोरक्को जाने तयारीमा रहेका बेला उनले झूटो कुरा गरेर प्लेन रोक्न लगाइन्", प्रहरी प्रवक्ताले समाचार एजेन्सीलाई भने- "छोरीलाई रुसभित्रै बिहे गर्न तर विदेश नजान सल्लाह दिएकी थिइन् तर छोरीले नमानेपछि यी सबै घटना घटेका रहेछन् ।"

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस