Sunday, November 21

नेपाल पराजित

चीनमा भैरहेको १६औ एसियाली खेलकुद अन्तर्गत नेपाली क्रिकेट टोली आफ्नो पहिलो खेल मा हङकङ संग ३० रनले पराजित भएको छ टस जितेर पहिले ब्याटिंग रोजेको हङकङले निर्धारित २० ओभर को समाप्तिमा ७ विकेट को नोक्सानीमा ११५ रन बनायो ११६ को लक्ष्य लिएर मैदान मा ब्याटिंग को लागि उत्रेको नेपाली टोली २० ओवर सम्म मैदानमा खेल्न सफल त भयो तर ८ विकेट को नोक्सानी मा ८५ रन मात्र बनाउन सक्यो अमृत भट्टराई एक्लैले ३ विकेट लिए पनि त्यो नेपाल को जित को लागि पर्याप्त रहेन यो पाली पनि बिगतमाझैँ नेपाल को ब्याटिंग चल्न सकेन नेपाल को लागि शरद भेस्वाकरले शर्बादिक १६ रन को योगदान दिएका थिए । नेपाल ले आफ्नो अर्को खेल भोलि माल्दिभ्स बिरुद खेल्दै छ

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस