Sunday, August 29

विमान दुर्घटनामा १४ को मृत्यु

मकवानपुरको शिखरपुर-२ मोतिपुरमा अग्नि एयरको विमान मङ्गलबार बिहान दुर्घटना हुँदा चालक दलका तीनसहित १४ जनाको मृत्यु भएको छ । मृतक यात्रुमध्ये ६ जना विदेशी पर्यटक र ५ जना नेपाली नागरिक रहेको बताइएको छ ।दर्ुघटनाग्रस्त विमानको चालक दलमा लक्की प्रताप शाह, सहचालक सोफिया सिँह र परिचारिका सहारा शर्ेपा रहेका थिए । मङ्गलबार बिहान ७ः०५ मा त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको विमान खराब मौसमका कारण अवतरण हुन नसकेपछि काठमाडौँ र्फकँदैगर्दा दर्ुघटना भएको हो । दर्ुघटनाको क्रममा मृत्यु हुनेमा केहि विदेशी पर्यटकहरू पनि रहेका छन् । दर्ुघटनाको क्रममा स्वदेशीसहित विदेशी पर्यटकहरूको पनि मृत्यु भएको छ ।मृत्यु हुनेमा विदेशी पर्यकट हयासी वाई, फालोन के, कार्र्डोसो, जेरमी टी, फिन्च एच, सेखर्ेइस आई, रिजाल आई, र्राई ए, शर्ेपा डि, सङ्खुवासभाका पेम्वा शर्ेपा, अम्गाई, भोटे वाई रहेका छन् ।बिहान ७ः१५ बजे मकवानपुर छतिवन गाविसको शिखरपुर-२ मोतिपुरमा विमान खसेको थियो । विमानमा रहेका यात्रुहरूको शव क्षतविच्छेद अवस्थामा छरिएर रहेको प्रत्यक्षदर्शी स्थानीयबासिन्दाले बताएका छन् ।घटनास्थलमा स्थानीयबासिन्दाले खोजी तथा उद्धार कार्य जारी राखेका छन् । अहिले पनि भारी वषर्ा भइरहेको कारण उद्धारमा कठिनाइ आएको बाइएको छ । फापरबारीबाट प्रहरीको एक टोली अहिले घटनास्थलमा पुगेको छ । नेपाली सेनाको हेलिकोप्टर पनि घटनास्थलतर्फजाँदैछ ।फापरवारीमा रहेको नेपाली सेनाको एक टोली पनि उद्धारको लागि गइरहेको छ । इलाका प्रहरी चौकी हात्तिसुढेबाट पनि प्रहरी टोली घटनास्थलतर्फगएको छ । घटनापछि अग्नि एयरले मङ्गलबारका सबै उडानहरू रद्द गरेको छ ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस