Sunday, August 29

हत्यारो हाँसको जोगीताल

बेलायतको Hestercombe Gardens in Somerset मा पालिएको एउटा हाँसले आफ्ना दर्ुइ हँसिनीहरुको हत्या गरेको अभियोग लागेको छ । त्यसलगत्तै अर्की एउटी हँसिनीसँग सम्बन्ध बढाए पनि त्यसलाई पनि खेदाएपछि आफ्नो एक्लो जीवन नै ठीक ठानी जोगी जीवन बिताउन थालेको छ ।उसले अर्की स्वास्नी भित्र्याउने कुरामा कुनै चासो दिन छाडेको छ ।



यसले आफ्नो पहिलो श्रीमतीलाई ठुँगेरै मारेको चिडियाघरका अधिकारीहरुले आरोप लगाउने गरेका छन् । पहिलो श्रीमती शंकास्पद तरिकाले मारिएको फेला पारिएको थियो ।

त्यसलगत्तै दोस्रो श्रीमती भित्र्याएको यो हाँसले तीन चल्ला जन्माए पनि श्रीमान्को हिंसात्मक झुकावबाट डराएर चल्ला लिएर टाप कसेकी थिई ।

दोस्रीले पछि छोडेपछि यसले अर्की भित्र्याएको थियो तर उसको पनि हत्या भएको चिडियाघरका अधिकारीहरुले पाएका थिए ।

हेस्टरकम्ब गार्डर्ेेा प्रमुख कार्यकारी अधिकृत फिलिप हृवाइटले भने- "तीन-तीन हँसिनीसँग सम्बन्ध गाँसे पनि दिगो सम्बन्ध नरहेकै कारण हुनसक्छ, हिजोआज यो एक्लै हिँडडुल गर्न थालेको छ ।"

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस