कान्तिपुर टेलिभिजनका दर्शकले आइतबारदेखि नयाँ हास्यशृंखला हेर्न पाउने छन् । ५२ भाग प्रसारण हुने 'हर्के हल्दार' विशुद्ध हास्यरसको हुने निर्देशक प्रकाश सुवेदीले जानकारी दिए । 'व्यंग्य कसैलाई पनि गरिने छैन,' उनले भने, 'ग्रामीण परिवेशका कलाकारले नाक, मुख नबिगारीकनै सहज र स्वस्थ हास्य मनोरञ्जन दिन प्रयास गर्नेछन् ।'
विष्णु सापकोटा र किशोर भण्डारीको संयुक्त लेखन रहेको 'हर्के हल्दार' मा सापकोटाले नै एकसाथ दुई भूमिका निर्वाह गरेका छन् । 'एउटा २५ वर्षको हर्के हल्दार र अर्को ६५ वर्षको उसकै बाबु लाहुरे बाको भूमिका छु,' सापकोटाले भने ।
निर्देशक सुवेदीका अनुसार धादिङको छत्रे देउरालीमा सात भागको छायांकन सकिइसकेको छ । अन्य भाग पनि त्यहीँ खिचिनेछन् । किशोर भण्डारी, रेश्मा तिमिल्सिना, रोशनी सापकोटा, सुनिता गौतम, इन्द्र लामालगायतले अभिनय गरेको उक्त सिरियल हरेक आइतबार साँझ साढे सात बजे प्रसारण हुनेछ ।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस