Monday, August 9

अग्ला हिल महिलाका खतरा



अग्ला हिल भएका चप्पल वा जुत्ता लगाउने महिलामा मान्छेहरुको टाउको घुमाउने शक्ति हुन्छ किनभने आमधारणाअनुसार हाइ हिल लगाउने महिलाहरु अरुभन्दा आकर्ष देखिन्छन् भन्ने मान्यता छ । तर एउटा अध्ययनअनुसार अग्ला हिल लगाउने महिलाहरुको खुट्टाको तल्लो भाग समय क्रममा भद्दा, अनाकर्ष र मोटो हुने देखिएको छ ।

अग्ला हिल भएका चप्पल वा जुत्ता लगाउने महिलाहरुको शारीरिक अवयवमा समेत परिवर्तन आउने जर्नल अफ एक्पेरिमेन्टल बायोलजीले जनाएको छ ।

अग्ला हिल भएका चप्पल वा जुत्ता लगाउने महिलाहरुमा आउने शारीरिक परिवर्तनका कारण एक समयपछि उनीहरुले फ्ल्याट चप्पल वा जुत्ता लगाउन गाह्रो हुने, लगाए गोडा दुख्ने आदि समस्याहरु देखिएको अध्ययनले जनाएको छ ।

"अग्ला हिल भएका जुत्ता त लगाउनुस् तर यसले तपाईंको शरीर रचना नै परिवर्तन गरिदिन्छन् र अन्त्य निकै नराम्रो हुन्छ", न्यूयोर्क शहरका पोडियाटि्रस्ट डा. जाहाना योउनरले बताइन् । उनी अमेरिकी पोडियाटि्रक मेडिकल एसोसिएशनकी प्रवक्ता पनि हुन् । "यो आकर्ष देखिन्छ र सुन्दर पनि हुन्छ तर यसले शरीरका लागि त्यो ठीक होइन", उनले थपिन्- "शरीरलाई माया गर्नेले यसलाई महत्व दिँदैनन् ।"

म्यान्चेस्टर मेट्रोपोलिटन युनिभर्सिटीका मार्को नारिसी र उनको टोलीले २० देखि ५० वर्षउमेर समूहका ८० महिलामाथि अनुसन्धान गरेका थिए । ती महिलाहरुलाई २ इन्चसम्मको हाइ हिल लगाउन दिइएको थियो । उनीहरुले अनिवार्य २ वर्षम्म हाइ हिल लगाएका थिए । तीमध्ये ११ जनाले २ वर्षछि हिल नभएका जुत्ता वा चप्पल लगाउन निकै गाह्रो भएको प्रतिक्रिया दिएका छन् ।

यसबीच, हिल लगाउने महिलाहरुमाथि गरिएको अल्ट्रासाउण्डहरुले के देखायो भने गोडामा रहेको काफ मसल १३ प्रतिशत छोटो भएको छ । एमआरआई गर्दा कर्ुर्कुच्चाको मासु थेप्चिएर मोटो बनेको पाइयो ।

निम्नलिखित कारणले हिल जुत्ता लगाउनु हुँदैनः
- हाइ हिलका कारण ढाड र घुँडालाई बढी दवाव पर्छ । हिलको साँघुरो बनावटका कारण यसले कर्ुर्कुच्चामा पार्ने दवावका कारण मोर्र्टोनको न्यूरोमाजस्ता रोग लाग्न सक्छ ।

- ज्यादै कडा बनावटका कारण यसले बूढी औँला र कर्ुर्कुच्चाको नरम तन्तुहरुलाई कडा बनाई गोडाको सुन्दरतालाई असर पार्छ ।

- यस्तो हिल लगाउँदा जुन महिला बानी पर्ने गर्छर्ेेउसले पछि खाली खुट्टा हिँड्न सक्तिनन् न त हिलबाहेकका अन्य जुत्ता लगाउँदा सहज अनुभव गर्छर्ेे

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस