दक्षिण अफ्रिका- १ मेक्सिको- १
फ्रान्स-0, उरुग्वे-ओ
विश्वकप फुटबल २०१० को पहिलो दिनका खेलहरु बराबरीमा सकिएका छन् । पहिलो खेलमा आयोजक दक्षिण अफ्रिका र मेक्सिको १-१ गोल र दोस्रो खेलमा फ्रान्स र उरुग्वे गोल रहित भएपछि दुबै खेल बराबरीमा टुङ्गिएको थियो ।
मध्यराति भएको केपटाउनको ग्रीन प्वाइन्टमा भएको दोस्रो खेलमा फ्रान्सले उरुग्वेमाथि दवाब सृजना गरेपनि गोल गर्न सकेन । अधिकांश समय दुवै टोलीले बल नियन्त्रण गर्न समय खर्चेका थिए । विश्वकपको पहिलो रेडकार्ड उरुग्वेका निकोलस लोडेरियाले पाएका थिए । उनले खेलको ८० औं मिनेटमा रेडकार्ड पाएपछि उरुग्वे १० खेलाडीमा समित भएको थियो ।
दक्षिण अफ्रिकाको जोहानेशबर्गमा शुक्रबारदेखि सुरु भएको १९ औं विश्वकपको पहिलो गोल आयोजकले नै गरेको छ ।
९४ हजार दर्शक क्षमताको सकर सिटी रंगशालामा भएको उदघाटन खेलमा दक्षिण अफ्रिकाले ५५ औं मिनेटमा घरेलु मैदानमा १९ औं विश्वकपको पहिलो गोल लगाएको हो । गोल लगाएलगत्तै दक्षिण अफ्रिकी नागरिकहरु खुशीले नाचेका थिए ।
खेलको ७९ औं मिनेटमा मेक्सिको गोल लगाएपछि खेल बराबरीमा पुग्यो ।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस