विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण कोरियाले विजयी सुरुवात गरेको बेला इंग्ल्याण्डले भने संयुक्त राज्य अमेरिकासँग बरावरी खेल्दै अंक बाँडेको छ ।
उपाधिको प्रवल दावेदार मानिएको इंग्ल्याण्डले विश्वकप फुटबलको समूह चरणको आफ्नो पहिलो खेलमा अमेरिकासँग एक-एक गोलको बरावरी खेलेको छ ।
चौथो मिनेटमा स्टेफन जेराडको गोलबाट अग्रता लिएको इंग्ल्याण्डले त्यसपछि लय समाउन नसक्दा बरावरीको नतिजा ब्यहोर्नुपर्यो ।
कन्फेरेशन कपको फाइनलिस्ट अमेरिकालाई बरावरी दिलाउन क्लिम डेम्सीले ४० औ मिनेटमा बरावरी गोल गरेका थिए ।
केही टाढाबाट डेम्सीले प्रहार गरेको बललाई गोलकिपरले रोक्न नसकेपछि जाली चुमेको थियो ।
दक्षिण अफि्रकामा भइरहेको विश्वकप फुटवल २०१० को चौथों खेलमा दक्षिण अमेरिकी मुलुक अर्जिन्टेनाले नाइजेरियालाई १-० ले पराजित गरेको छ । अर्जिन्टेनाले खेल सुरु भएको पाँचौ मिनेटमा हालेको गोल फर्कान नसकेपछि नाइजेरिया पराजित भएको हो ।
पहिलो जीत दक्षिण कोरियालाई
दक्षिण अफि्रकामा भइरहेको विश्व कप फुटवल -२०१० मा पहिलो जीत दक्षिण कोरियाले हात पारेको छ । दोस्रो दिनको पहिलो खेलमा गि्रसलाई २-० ले हराएर उसले पहिलो जीत हात पारेको हो ।
शुक्रबारबाट सुरु भएको फुटवल महामेलाको यो तेस्रो खेल थियो । खेलमा दक्षिण कोरियाले खेल सुरु भएको छैटौं मिनेटमा पहिलो र ५२ औं मिनेटमा दोस्रो गोल गरेको थियो । परै खेलअवधीभर कोरिया गि्रस माथि हावि भएको देखिन्थ्यो ।
शुक्रबार राति भएको दुई खेलहरु भने बराबरीको टुङ्िगएको थियो । दक्षिण अफ्रिका र मेक्सिको बीच १-१ गोलको बराबरी भएको थियोभने फ्रान्स र उरुग्वेबीचको दोस्रो गेममा कसैले पनि गोल गर्न सकेनन् ।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस