दक्षिण अफ्रिकाको जोहानेशबर्गमा भव्य कार्यक्रमबीच 'विश्वकप फुटबल-२०१०' सुरु भएको छ । ९४ हजार दर्शक क्षमताको सकर सिटी रंगशालामा विभिन्न कलाकारहरुले संगीत तथा झाँकी देखाएपछि विश्वकपको १९ औं संस्करण सुरु भएको हो ।
उदघाटन जस्तै समापन पनि जोहानेसवर्गस्थित सकर सीटी रंगशालामा हुनेछ । उदघाटन खेल मेक्सिको र दक्षिण अफ्रिकाले खेलेका छन् ।
दक्षिण अफ्रिकाले विश्वकप आयोजनाका लागि ९ सहरमा दस रंगशाला तयार पारेको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अफ्रिकामा २०१० को आयोजना गर्ने घोषणा आठ वर्षअघि गरेको थियो । त्यसमा दक्षिण अफ्रिकाले मोरक्को र इजिप्टलाई पछि पार्न सफल रह्यो । विश्व फुटबल नयाँ महारथी बन्न ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । कुल २ सय ४ राष्ट्रले दक्षिण अफ्रिकी यात्राका लागि प्रयास गरेका थिए । दक्षिण अमेरिकाका ५, उत्तर अमेरिकाका ३, ओसियानाका १, अफ्रिकाका आयोजकसहित ६, युरोपका १३ र एसियाका ४ टिम सहभागी छन् । एसियाको प्रतिनिधित्व अस्ट्रेलिया, उत्तर कोरिया, दक्षिण कोरिया र जापानले गर्नेछन् ।
अफ्रिकामा मण्डेलाविनाको विश्वकप
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्शन मण्डेला शुक्रबार जोहानेशबर्गमा हुने विश्वकप फुटबलको उदघाटन खेलमा सहभागी नहुने भएका छन् । पनातिनी जेनानीको कार दुर्घटनामा मृत्यु भएपछि मण्डेला उदघाटनमा सहभागी नहुने भएका हुन् ।
१३ वर्षिय पनातिनी जेनानीको कार दुर्घटनामा मृत्यु भएको हो । ड्राइभरले मदिरा सेवन गरी कार चलाउँदा जेनानीको निधन भएको हो । परिवार शोकमा रहेकाले मण्डेला उदघाटनमा सहभागी नहुने नेल्सन मण्डेला फाउण्डेशनले शुक्रबार विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
रंगभेदविरुद्धको आन्दोलनका नायक नेल्सन मण्डेलाको अगुवाइमा विश्वकप फुटबलको १९ औं संस्करण दक्षिण अफ्रिकामा आयोजना भएको हो ।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस