

डिफेन्डिङ च्याम्पियन इटली दक्षिण अमेरिकी मुलुक पाराग्वेसंग एक गोलको बराबरीमा रोकिएको छ । केपटाउनस्थित ग्रेनप्वाइन्ट स्टेडियममा सोमबार मध्यराति भएको खेलमा अग्रता भने पाराग्वेले लिएको थियो । एन्टोलिन अल्कारजले ३९ औं मिनेटमा फ्री किकबाट गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए । इटलीका लागि डेनियल डेरोसीले ६३ औं मिनेटमा गोल फर्काएका थिए । सुरुदेखि नै दवाब सृजना गरेको इटलीले गोल गर्ने आधा दर्जन अवसर खेर फालेको थियो ।
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस