
जेम्स बोण्ड फिल्मका एक प्रशंसकले सानो मोटर साइकल, जसलाई मोपेड पनि भनिन्छ, त्यसबाट हृवार्रहृवार्रर्ीीनकाल्न सक्ने मेसिनको आविष्कार गरेका छन् । उनको मोपेडमा जडान गरेको एउटा सानो यन्त्रका कारण १५ फिट लामो आगो निकाल्न सकिने दाबी गरिएको छ ।
आफूभन्दा पछाडिका कार चालकहरुले घरि न घरि हर्न बजाएर दिक्क पारेपछि उनले ती कार चालकहरुलाई तर्सर्ााे उपाय खोज्दाखोज्दै यो आविष्कार भएको उनले बताइएको छ ।
बेलायतको लिंकरशायरको स्टाफोर्डनिवासी ३० वर्षो कोलिन र्फजले एक महिना लगाएर यस किसिमको आविष्कार गरेको बताएका छन् । "मैले यो बनाउँदै गर्दा कम्ता मज्जाको अनुभव गरिनँ । त्यसमाथि जब यसले साँच्चिकै आगो ओकल्यो, मैले आफूलाई जेम्स बोण्डजस्तै अनुभव गरेँ", स्कूटरका मालिक र्फजले पत्रिकालाई बताए ।
उनले आफ्नो ६० एमपीएचको इञ्जिनयुक्त स्कूटरलाई घरको पछाडिको बगैँचामा प्रयोग गरेका थिए । "यसले ओकलेको आगो १५ फिट लामो थियो र यो आगोको लप्को कतिसम्म खतरनाक छ भने, यदि तपाईंले चाहनु भयो भने अर्काको कारमा आगो लगाइदिन सक्नुहुन्छ", उनले हौसिदै भने ।
त्यसो त यो मज्जाको मात्र होइन निकै खतरनाक पनि छ । यसका आविष्कारक र्फज भन्छन्- "अरुलाई जिस्क्याउन यसले मज्जा त दिन्छ, तर जब आगो निस्केका बेला हावा विपरीत दिशामा बग्यो भने यसले तपाईंलाई नै जलाउन बेर छैन । त्यसैले निकै होश पुर्याउनु पर्छ ।"
पेशाले मोटरसाइकल मेकानिकसमेत रहेका र्फजले यस्तै किसिमका प्रयोग ठूला बीएमएक्स बाइकहरुमा मात्र गरेका थिए तर यति सानो मोपेडमा यो पहिलो पटक भएको बताउँछन् ।
मोपेडमा गरिएको पहिलो प्रयोग चाहिँ उति सफल भएको थिएन । किनभने उनले मोपेड चलाउँदाचलाउँदै आगोको लप्को यसले फ्याँक्नै सकेन । तर तेस्रो पटकको प्रयासमा चाहिँ उनको मोपेडले पनि आगो ओकल्यो ।
साभार- इ-नशा डोट कॉम
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस