Wednesday, April 14

छाडी जाने मायालु..

दिवाकर भट्टराईको भर्खरै मात्र बजारमा आएको एल्बम 'दिप शिखा' मा रहेको नायिका निरूता सिंहले गाएको 'छाडी जाने मायालु...' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिवाकरकै शब्द र संगित रहेको उक्त गीतको भिडियोमा सुनिल रावल, उषा खड्की, संगिता कार्की, सुमन गैरे र करिना भट्टराई (बालकलाकार) ले अभिनय गरेका छन् ।

भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका हुन् । भ्वाईस अफ नेपालले बजारमा ल्याएको एल्बममा ९ गीत समाबेश गरिएको छ । एल्बममा नायिका निरूता सिंह, जगदिश समाल, दिपक लिम्बु, अमित न्यौपाने, कृष्ण भट्टराई, मनोज पौडेल, सागर सुनुवार र शिवानी मोक्तानको स्वर रहेको छ ।


नायिका निरूताले एल्बममा गीत गाएको सम्भवत पहिलो पटक रहेको दिवाकरले बताए । नायिकाको स्वर राम्रो भएकोले यस गीतलाई दर्शकस्रोताहरूले मन पराउने दाबी उनले गरे ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस