Wednesday, April 14

अमेरिकीहरु संसारकै अल्छी



विश्वमा सबैभन्दा अल्छी मान्छेहरू कुन देशका होलान् कहिले सोच्नु भएको छ ? हुनलाई त यो पगरी धेरैजसोले नेपालीलाई नै गुथाएका छन् । किनभने, नेपालीहरूको काम गर्ने शैली कहिले पनि व्यवसायिक बनेन, कहिल्यै पनि समयमा काम गर्दैनन् । तर विकसित देशरूमा गरिएको एक सर्भेअनुसार चाहिँ अमेरिकाका नागरिकहरू सबैभन्दा अल्छी रहेको एक अध्ययनले देखाएको छ ।

द डेली बिस्ट नामक अमेरिकी पत्रिकाले गरेको सर्भेमा यस्तो परिणाम आएको हो ।

अमेरिकीहरूले बढी क्यालोरीयुक्त खाना खाने, टेलिभिजन बढी हेर्ने, इन्टरनेटको अधिक प्रयोग गर्ने आदिका कारण अमेरिकीहरू बढी अल्छी देखिएको सर्भेमा बताइएको छ ।

अल्छेहरूको सूचिमा क्यानडेली नागरिकहरू दोस्रो नम्बरमा परेका छन् । क्यानडेलीहरू चाहिँ इन्टरनेट प्रयोगमा सबैलाई उछिनेर दोस्रो नम्बरमा परेका हुन् । सर्भेले बनाएको सूचिमा बेल्जियम र टर्कीका नागरिकहरू क्रमशः तेस्रो र चौथो नम्बरमा परेका छन् ।

पाँचौं नम्बरका अल्छ्याहा नागरिक कहाँका होलान्, त्यो तपाईंलाई नै थाहा होला ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस