सद्भावना पार्टीका अध्यक्ष तथा बाणिज्य एवम् आपूर्तिमन्त्री राजेन्द्र महतोले संघीयता नदिए मधेश अलग हुने चेतावनी दिनुभएको छ । मधेश स्वाभिमान यात्रा अन्तर्गत मंगलबार वीरगंजमा भएको सभालाई सम्बोधन गर्दै महतोले मधेशी जनतलाई मधेश नदिए देशलाई कसैले बचाउन नसक्ने चेतावनी दिनुभयो । मधेशी जनताले आफूहरुमाथि दुई सय ४० बर्ष यता हुदै आएको दमन अब सहेर नबस्ने उहााको भनाई थियो । सम्बोधनको अधिकांश समय तीन ठूला दल र अन्य मधेशवादी दललाई गाली गर्नमै खर्चनु भएका महतोले आफू सच्चा मधेशवादी रहेको दाबी गर्नु भयो । तीन ठूला दलहरुमा अहिले पनि पहाडी मानसिकता हाबी रहेको आरोप लगाउदै मन्त्रि महतोले माओवादी समेत अहिले संघियता दिने नाममा पछाडी हटेको आरोप लगाउनुभयो । सभालाई सम्बोधन गर्दै सद्भावना पार्टीका सहअध्यक्ष तथा बिनाबिभागिय मन्त्रि लक्ष्मणलाल कर्णले आफूहरुले धर्म जातिको राजनिति नगरेर मधेशको मात्र राजनिति गरेको दाबी गर्नुभयो । सभालाई सद्भावनाका उपाध्यक्ष नरसिंह चौधरी, संयुक्त महासचिवद्वय सुरेन्द्र कुर्मी र मनिष कुमार सुमनलगायतकाले सम्बोधन गर्नु भएको थियो । | ||
Wednesday, April 14
संघीयता नदिए मधेश अलग हुने चेतावनी
Labels:
समाचार (News)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस