Wednesday, August 26

सवारी दुर्घटनामा ९ को मृत्यु, सयभन्दा बढी घाइते

अमरराज नहर्की, (खहरे, तनहुँ) व्यासमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका-९ खहरेमा सोमबार दिउँसो ४ बजे यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ६२ जना सख्त घाइते भएका छन्। दमौलीबाट लमजुङको भोर्लेटार जाँदै गरेको ग१ख ११६१ नम्बरको यात्रुवाहक बस सडकबाट १ सय मिटर तल खसेको थियो।

मृत्यु हुनेमा तनहुँ श्याम्घा-६ मादीबेंसीस्थित माहेन्द्री निमाविका सहायक प्रधानाध्यापक ४५ वर्षीय कृष्णप्रसाद भुसाल, तनहुँकै क्यामिन-७ सत्रसयका २६ वर्षीय प्रेम श्रेष्ठ, लमजुङ भोटेओडारकी ३० वषीर्या चन्द्रा गुरुङ, तनहुँ भानु-६ की ३० वषीर्या वीरमाया कुमाल, तनहुँकै भानु-६ का १८ वर्षीय सूर्यबहादुर नेपाली र व्यास-६ की १२ वर्षीय सुनाम थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

चालकले सहचालकलाई गाडी चलाउन दिएकाले दुर्घटना भएको प्रहरीको अनुमान छ। दुर्घटनामा पाँच जनाको घटनास्थलमै र एक जनाको दमौली अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो। चालकको लापरबाहीले गर्दा दुर्घटना भएको बसका यात्रुले बताएका छन्। ‘ड्राइभरले एक हातले हयान्डल समाएर गफको तालमा अर्को हातले क्यासेटको गीत परिवर्तन गर्दा सो दुर्घटना भएको हो।

सख्त घाइते भएकी बसको अगाडि बसेर यात्रा गरेकी लमजुङ रम्घा-७ की १९ वषीर्या सम्पूर्ण बानियाँले घटनास्थलमा नेपाल समाचारपत्रसँग भनिन्- ‘चालकले एकछिन राम्रो गीत सुन्छु भन्दा दुर्घटना भयो।’ घाइतेमध्ये ४६ जना गम्भीर छन् उनीहरूलाई थप उपचारका लागि पोखरा लगिएको छ। यसै गरी मकवानपुर संवाददाता रामकुमार पुडासैनीका अनुसार तीव्रगतिमा आएका दुईवटा बस एकआपसमा ठोक्किँ’दा मकवानपुरको बसामाडीमा सोमबार दुई जनाको मृत्यु भएको छ।

महेन्द्र राजमार्गअर्न्तर्गत मकवानपुरको बसामाडीमा भएको दुर्घटनामा मृत्यु हुनेमा ना३ख १२८३ नम्बरको बसका चालक चितवन पदमपुरका दीपेन्द्र अधिकारी र अर्का बसका चालक चितवन ज्यामिरेका थर नखुलेका गिरिजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक केशरीराज घिमिरेले जानकारी दिनुभयो।

दुर्घटनामा ३७ जना घाइते भएका छन्। गम्भीर घाइते रहेका ११ जनाको भरतपुर र बाँकीको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। हेटौंडाबाट नारायणगढतर्फजाँदै गरेको ना३ख ४८६४ नम्बरको बस र नारायणगढबाट हेटौंडा आउँदै गरेको ना३ख १२८३ नम्बरको बस बसामाडीको-३ लेवटमा एकआपसमा ठक्कर खाँदा दुवै बसका चालकको मृत्यु भएको हो।
यस्तै धनकुटा संवाददाता सन्तोष रुचालका अनुसार धनकुटाको हिलेदेखि धरान जाँदै गरेको माइक्रोबस आइतबार राति दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।

कोसी राजमार्गको धरान-धनकुटा सडकखण्डअर्न्तर्गत धनकुटाको बेलाहारा-९ मा माइक्रोबस दुर्घटना भएको हो। माइक्रोबस धनकुटाको मूलघाटमाथिको तेस्रो घुम्तीबाट सडकदेखि १ सय ९० फिट तल झरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक दुर्गा दाहालले बताउनुभयो। दुर्घटनामा चालक धरान-१० का २६ वर्षीय पदम र्राईको उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
साभार-समाचारपत्र दैनिक

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस