Saturday, August 29

एसएसबी ज्यादतीको बिरोधमा नेपाल-भारत सीमा बन्द

नवलपरासी, भदौ १२/ भारतीय सीमा सुरक्षा वल -एसएसबी) ले आफूहरूलाई ज्यादती गरेकोभन्दै नवलपरासीस्थित सीमावासिले शुक्रबार बिहानैदेखि नेपाल-भारत सीमा बन्द गराएका छन् ।

दैनिक रुपमा नेपाल र भारत आवागमनमा एसएसबीले विभिन्न किसिमले दुःख दिएको र ज्यादती गरेको बिरोधमा त्रिवेणी नाका ठप्प गराएका हुन् । भारत विहारसँग जोडिएको त्रिवेणी नाका बन्दगरी त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा नेपाली सीमावासिले बिरोध जनाएका छन् भने उता पुल पारी भारतीय सीमावासिहरूले पनि एसएसबीकै बिरोधमा धर्ना दिएका छन् ।

नेपालीहरूले गण्डक पुल र त्रिवेणी बजार क्षेत्र बन्द गराएका छन् भने भारतीय सीमावासिले गण्डक ब्यारेज पुलसहित भारतको टंकंी बजार र गोलचोकमा पर््रदशनगरी बजारसमेत बन्द गराएका छन् । भारतीय सीमावासिहरूपनि नेपालीहरूको जस्तै पिडा भोग्नुपरेको गुनासो गर्छन् । उनीहरू पनि आफूहरूलाई नेपाल आवागमनमा एसएसबीले दुःख दिने गरेकोभन्दै आन्दोलनमा उत्रेका हुन् ।

नेपाली र भारतीय दुवै सीमावासिको समस्या एउटै रहेको बताउँछन् । दैनिक कामकाजमा एसएसबीले ज्यादती गरेको उनीहरूको आरोप छ । सीमापारी आफन्तलाई भेट्न जाँदासमेत एसएसबीले रोक्ने उनहिरूले बताएका छन् । दैनिक उपभोग्य सामानमा पनि एसएसबीले रोक लगाउने सीमावासिको गुनासो छ ।

यसअघि नै एसएसबीले आफूहरूलाई ज्यादती दिएको बारेमा भारतीय सीमावासिले भारतीय प्रशासनसमक्ष जानकारी गराएका थिए तर भारतीय प्रशासनले ध्यान नदिएको उनहिरूको भनाइ छ । उनीहरूले भारतीय प्रशासनसमक्ष तत्काल एसएसबी ज्यादती रोक्न मागगर्दै विहार चम्पारन जिल्लाका डिएमलाई ज्ञापनपत्रसमेत बुझाएका थिए ।

नेपाल-भारत सीमा क्षेत्रमा हुने भारतीय एसएसबीबिरुद्ध स्वयं भारतीय नागरिकहरू नै लागेपछि नेपाली समावासिहरू पनि बिरोध गर्न थालेका हुन् ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस