Saturday, August 29

दश दिनअघि अपहरित बालकको भारतमा उद्दार,अपहरित अन्य दुई बालकको अवस्था अझै अज्ञात

लहान भदौ १२- सिरहाको रामनगर मिर्चैयाको विद्यालयबाट दश दिनअघि अपहरणमा परेका सात वर्षीय बालक नागेन्द्र महतोलाई मिर्चैया प्रहरीको टोलीले भारतको अन्द्रा ठाढीबाट बिहिबार उद्दार गरेको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक दीपक रेग्मीको टोलीले अपहरित बालक महतोलाई भारतीय प्रहरीको सहयोगमा अन्द्रा टाढीको एक घरमा लुकाइरहेको अवस्थामा फेला पारेको जनाइएको छ।
रेग्मीका अनुसार अपहरित बालकका अभिभावकलाई भारतीय नम्बरको मोबाइलबाट अपहरणकारीले फोन गरिरहेको सूचना प्रहरीमा आएपछि सो फोन कलका आधारमा भारतीय प्रहरीको सहयोग लिएर ठेगाना पत्ता लगाइएको हो।
अपहरणकारी र अपहरित बालक राखिएको स्थान पत्ता लागेपछि बिहीबार सो स्थानमा छापा मारेर अपहरणकारी समूहका दुई जना पक्राउ गरी बालकलाई सकुशल उद्दार गरिएको रेग्मीले बताए।
बालक महतोलाई लुकाइएको स्थान भारत बिहारको अन्द्रा ठाढीस्थित अखिलेश चौधरीको घर रहेको उनले बताए।
सो स्थानबाट बालक लुकाइ राखिएको घरका साहू अखिलेश चौधरी र धनुषा रघुनाथपुरका प्रमोद कापरलाई समेत पक्राउ गरिएको जानकारी उनले दिए।
पक्राउ परेका चौधरी र कापर दुवैलाई भारत बिहारको झन्झारपुर थानामा राखेर कारबाही अगाडि बढाइएको उनले बताए। पक्राउ परेका दुवैलाई बिहीबार नै झन्झारपुर जेल चलान गरिसकिएको जानकारीसमेत उनले दिए।
अपहरित बालकलाइ लुकाइएको स्थान नेपाली सिमा सिरहाको ठाढी बाट ६० किलोमिटर दक्षिण पुर्वमा रहेको उद्यारमा संलग्न प्रहरी निरिक्षक रेग्मीले बताए।
यता सिरहा प्रहरीले पनि धनुषाको खरियानीबाट तिन जालाई बालक महतोको अपहरण काण्डमा संलग्न रहेको आरोपमा बिहिवार नै पक्रउ गरेको मिर्चैया प्रहरीले जनाएको छ।
तिन जना पक्राउ परेको जानकारी प्रहरीले दिए पनि जिल्ला प्रहरीले नाम बताउन मानेका छैनन्।स्रोतका अनुसार धनुषा खरियानी निवासि हरी किशोर कापरी, मो.मस्तकीम मिया र रामवरण साहलाइ सिरहा प्रहरीले बालक महतोको अपहरण काण्डमा संलग्न रहेको आरोपमा पक्रउ गरेको हो।
सिरहाको रामनगर मिर्चैया गाबिसको कुथनमा ९ निबासि सात बष्र्र्िाय नावालक नागेन्द्र महतो नजिकैको अरुणेादय आवासीय माध्यमिक बिधालयबाट गत मंगलबार भदौ २ गते अपहरणमा परेको थियो।
यसैगरी गत साता असनपुर १ बाट अपरिचित समुहको अपहरणमा परेका कक्षा ९ का छात्र महेश महतो र लक्ष्मण महतोको अबस्था हालसम्म अज्ञात छ।
अपहरित बालक महतोको खोजी कार्य तिब्र बनाइएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस