
उपराष्ट्रपति परमानन्द झाको निवासमा शुक्रबार साँझ गराइएको विस्फोटको जिम्मा किरात जनवादी वर्कर्स पार्टी ले लिएको छ। यस पार्टीका अध्यक्ष भन्ने नवीन किरातीले आज एवीन्युज च्यानल मा फोन गरी विस्फोटको जिम्मा लिएका हुन्। यी तिनै व्यक्ति हुन् र यो त्यही पार्टी हो जसले हिजो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन आयोजना गरी खुल्लमखुल्ला यसरी हतियार देखाउँदै धम्क्याएका थिए। यि नवीन किराती भनिने व्यक्ति को हुन्? र के का लागि यस्तो कार्य गरेका हुन् थाहा हुन सकेकोछैन।
तस्विर सौजन्य- मेरो संसार ब्लग
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस