Sunday, September 18

नेपालमा भूकम्प (EarthQuake In Nepal 2011, September 18)

 साभार- माई -संसार डोट कॉम

अपडेटः काठमाडौँको लैनचौरमा दूतावासको पर्खाल भत्किएर ३ जनाको मृत्यु भएको र धरानमा दुई जनाको मृत्यु भएको छ। काठमाडौँमा ८ वर्षकी अनिता श्रेष्ठ, ३६ वर्षका राजन श्रेष्ठ र सिन्धुली घर भएका १९ वर्षका वीरबहादुर मालीको मृत्यु भएको एसएसपी माधव नेपालले बताएका छन्। सुनसरी (धरान) मा सन्तोष परियार र कमल परियारको मृत्यु भएको छ। थप जानकारी आउन बाँकी छ।
काठमाडौँ लगायत देशभर अहिले साँझ भूकम्पको धक्का महसूस भएको छ। म बसेको ठाउँमा केही समय हल्लिएर मानिसहरु सडकमा निस्किएका थिए। कम्प्युटर चलाइरहेको म पनि हतारहतार लुगा लगाएर तल झर्दासम्म भूकम्प जारी थियो। हल्लँदै गर्दा मोबाइल बिर्सेर फेरि मोबाइल लिएर सडकमा आउँदा धेरै मानिस बाहिर आइसकेका थिए। श्रीमतीले पनि भूकम्प हुँदै गर्दा फोन गरेर- म त मर्न लागेँ कि क्या हो, यही अन्तिम फोन होला भनेर गरेको भनिन्। प्रारम्भिक रिपोर्ट अनुसार भूकम्प सिक्किम केन्द्रबिन्दू भएको ६ भन्दा बढी रेक्टर स्केलको भनिएको छ। कहाँ कस्तो भएछ ? अहिलेसम्म कतै क्षति भएको खबर छैन।

अमेरिकी भूगर्भ विभागले भूकम्प ६.८ म्याग्निच्युडको सिक्किम अर्थात् काठमाडौँबाट २७२ किलोमिटर पूर्व केन्द्रबिन्दू बनाएर गएको पुष्टि गरेको छ।



No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस