Saturday, October 24

''म त अब मर्छु होला''


कुमार
बुढाथोकी '' आयुष ''

बालाजू -१६- काठमांडू,
नेपाल

बज्दै छ रे नौमती तिम्रो घरको आगनी मा ।
बिरहले पाईला टेक्दा ब्यथा बड्यो मेरो मनमा॥
सून्न साथै ढले भूईमा लागे जस्तै गोलीहरू ।
आखा बाट आशु झर्यो बन्द भयो बोलीहरू ॥
दिउसै रात परे जस्तै अन्धकार भो चारैतिर।
ठुलो पहाड़ आई थीचे जस्तै लाग्यो मै तिर॥
उठेर हिडन खोजे सरेनन ई पाईला पनि ।
निष्ठुरीको बिश्वास घातले घोच्यो पाऊमा काडा बनि ॥
लाचार भई ढलेको छु टूक्रिएको मुटु बोकी।
भेटी सोध्न नपाएपनि लिदै छु नाम सास रोकी ॥
उर्लदै छ भेल- बाढी त्यसैमा म पर्छु होला ।
सयौ बर्ष बाच्नु सानु म त अब मर्छु होला ॥

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस