Saturday, October 24

''म त अब मर्छु होला''


कुमार
बुढाथोकी '' आयुष ''

बालाजू -१६- काठमांडू,
नेपाल

बज्दै रे नौमती तिम्रो घरको आगनी मा
बिरहले पाला टेक्दा ब्यथा बड्यो मेरो मनमा
सून्न साथै ढले भूईमा लागे जस्तै गोलीहरू
आखा बाट आशु झर्यो बन्द भयो बोलीहरू
दिउसै रात परे जस्तै अन्धकार भो चारैतिर
ठुलो पहाड़ आई थीचे जस्तै लाग्यो मै तिर
उठेर हिडन खोजे सरेनन पाला पनि
निष्ठुरीको बिश्वास घातले घोच्यो पामा काडा बनि
लाचार भई ढलेको छु टूक्रिएको मुटु बोकी
भेटी सोध्न पापनि लिदै छु नाम सास रोकी
उर्लदै भेल- बाढी त्यसैमा पर्छु होला
सयौ बर्ष बाच्नु सानु अब मर्छु होला

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस