Sunday, August 23

म बिदेशी भएको छु।

उमेश गौतमAlign Centre

सधै भारी हुने मन आज हल्का भएको छ।
थामेर नथामिने आँशु बग्न छाडेको छ।
आँशुको रुपमा धेरै बह पोखिई सकेछ।
आज मन हल्का तथा आनन्दित भएको छ।
बन्द नहुने आँखामा निद्रा छाएको छ।
हो। अव...
आँशुका मुहानहरु सुकिसकेछन।
बगेर रिक्तिई सकेछन।
अव केहि बाँकी भए पो बग्नु।
आँशुको रुपमा भित्र रहेको
आत्म सम्मान बगेछ,
आत्म सम्मान बगेछ,
ओंठको मुस्कान बगेछ,
मानवता बगेछ,
भातृत्व भाईचारा बगेछ।
हो, आँशुको रुपमा
मेरा मपाईत्वका आधारहरु बगेछन।
लोग्ने हुनुको दम्भ बगेछ,
आमा बुबा हुनुको मायाँ ममता बगेछ,
सन्तान हुनुको कर्तव्य बगेछ,
दाजु भाई हुनुको आधार बगेछ,
दिदी बहिनी हुनुको आशा ममता बगेछ,
ईष्टमित्र समाजको साङ्गलो बगेछ।
अब ,
मेसिन भएको छु।
सबैको आशाको केन्द भएको छु।
कसैको निराशाको त्यान्दो भएको छु।
व्यर्थमा खोक्रो...
स्वाङ्ग, आदर्श मोह दर्शाएर के गर्नु?
छाडेर आएका त्यो...
राष्ट्रियता बगेछ,
सामाजिक सम्मान बगेछ,
राष्ट्र सेवक हुनुको गर्व बगेछ,
राष्ट्र प्रतिको कर्तव्य बगेछ,
हे राम आँशुको रुपमा सबै बगेछ।
बाल्यकालका मिठा सम्झना बगेछन,
जन्मस्थानको गौरवशालि याद बगेछ,
बिद्यार्थि जिवनका याद यार बगेछन,
माँया प्रितिका मिठा सम्झना बगेछन,
आधि जिवन बनाएको उपलव्धि बगेछ,
आँशुको रुपमा सबै बगेछन।
गल्ति गरेको रहेछु मैले,
मायाँ, ममता, मानवता, राष्ट्रियता,
समाज, साथिभाई सबै सबै
धोएर आउनुपर्ने रहेछ त्यहिँ।
हो, धन्न आज...
आँशुका स्रोत सबै बगेछन।
हल्का भएको छु।
बिर्सि सकेको छु को हुँ भन्ने।
त्यहि भएर आज हल्का भएको छु।
सुखि, खुसि भएको छु।
आधुनिक भएको छु।
बिकसित भएको छु।
बिगत सम्झने फुर्सद कहाँ मलाई?
भविष्य सोंच्ने शक्ति पनि कहाँ हुनु ?
बर्तमानमा व्यस्त छु।
धोईएको छु।
पुरै बिदेशी भएको छु।

साभार - नेपाली ख़बर डॉट कॉम

No comments:

Post a Comment

प्रतिक्रिया लेख्नुहोस