तिम्लाई सम्झी पीड़ा बड़दा नरोएको पल छैन ।
नगरेनी तिमीले बिस्वास यो माया मा छल छैन ॥
समाजमा सबैबाट तिरस्कार भई बचेको छु ।
तिमी त खुसी छौ रे मेरो जीवन सफल छैन ॥
खुसी सारा टाढा भए तिमीले तिखो तीर हान्दा ।
मरेजस्तो लाग्छ आफु अलिकति बल छैन ॥
गरीब अनि दुखी संग ठुलो आशा थियो होला ।
झुपडिमा बस्थेमत कुनै ठुलो महल छैन ॥
हिजो अंगालोमा थियौ आज अछुत भन्दै गयौ ।
छोएको छु मैले तिमी लाई चोख्यौनलाई जल छैन ॥
- कुमार बुढाथोकी " आयुष " बालाजू -१६-काठमांडू
No comments:
Post a Comment
प्रतिक्रिया लेख्नुहोस