
अमेरिकाको क्यालिफोर्नियास्थित एक दम्पत्ति घर आइपुग्दा आश्चर्यमा परे, किनभने उनीहरूले सरसाउँदै छोडेको घर बेलुकी कामबाट फर्किँदा दुइ फ्याक परेको थियो ।
कुरा के परेछ भने, उनीहरू बस्ने सान्ता रोसाको स्थानीय निकायले मिसेल र केभिन म्याकर्थीको घर छेउमा उभिएको १ सय ५० वर्ष बूढो रूखलाइ उखेल्नु पर्ने थियो । ओकको यो रूखलाइ ठूलो क्रेनले तुरून्तै उठाइहाल्छ नि भन्ने सोचाइले उखेल्न शुरू के गरिएको थियो, त्यत्रो ठूलो क्रेन आफैँ उनार भइदियो ।
र, यो क्रेन कति मजाले स्लो मोसनमा उनार भइदियो भने, छिमेकी एलिसा डेल्सले यो घटना शायदै अब आफ्ना नाङ्गा आँखाले देख्न पाउँली भन्न थालेकी छिन् ।
यता घरबेटी मिसेल र केभिन बेलुकी घर फर्किँदा उल्टिएको त्यत्रो ठूलो क्रेन र दुइ फ्याक परेको आफ्नो घर देखेर रूनु न हाँस्नुको अवस्थामा पुगेका छन् । रूख उप्काउने बेला घरमा कोही नभएकाले कसैलाइ पनि चोट नलागेको र ग्यारेजमा बसेको कुकुरलाइ पनि कुनै चोट नलागेको समाचारमा जनाइएको छ ।
घरबेटी दुवै चकित परेका छन्¬, पत्रकारहरूलाइ उनीहरूले भने¬, "खै हामी के भनुँ र ? घरको हालत देखेर हाम्रो सातोपुत्लो गयो ।"
very good news.............keep it up nirmal jee.......ma sanga pani news haru chan tapaile bhanejhai ma mail gardinchu post gardinus hai........
ReplyDeleteभै हाल्छ नि सबिता जी तपाई को समाचार मलाई मेल गर्नुहोस म पोस्ट गरौला।
ReplyDelete